भारतको कुशीनगरमा एउटी नवविवाहित युवतीले आफ्नो पतिको लिंग काटिदिएकी छिन् । कुशीनगरको मल्लुडिहको कुडवा दिलीपनगरका फरमानको लिंग उनी पत्नीले काटिदिएकी हुन् ।
पत्नीसँगै ससुराली गएका फरमानले मोबाइलमा कसैसँग कुराकानी गरेपछि पत्नीले फरमानलाई सोध्दा केही नबताएपछि आक्रोशमा आएकी श्रीमतीले भान्साबाट चाकु ल्याएर लिंगमा प्रहार गरेकी थिईन् । तत्कालै फरमानले भागेर आफ्नो ज्यान बचाएको बताएका छन् ।
छ महिनाअघि मात्र विवाह बन्धनमा बाँधिएका यी दम्पतीबीच सुरु देखिनै एक आपसमा शंका रहेको गाउँलेले बताएका छन् । फरमानकी प्रेमिका पनि रहेको र उनले प्रेमिकासँग मोबाइलमा कुराकानी गरेको पत्नीले दावी गर्दै आएकी भारतीय संचारसंस्था दैनिक जागरणको जनाएको छ। प्रहरीले घटना पुष्टि गरेपनि यसबारेमा कुनै उजुरी नपरेका कारण कसैलाई पक्राउ नगरिएको बताएको छ ।
Post a Comment