२०७१ असार १९ गतेसलमान खान र कट्रिना कैफको अफेयर समाप्त भैसक्यो । कट्रिना
यतिखेर रणवीर कपुरसँग डेटमा मस्त छिन । उनीहरुले छिटै बिहे गर्न लागेका
समेत खवरहरु आइरहेका छन् ।
तर, सलमान कट्रिनाको जीवनबाट अझै हटन सकेका छैनन् । अझै पनि उनीहरुवीचको
मित्रता भने कायमै छ । जब कुनै ठूलो दुःख वा समस्या पर्छ, अझै पनि कट्रिना
सलमानलाई सम्झिन्छिन् । सलमानलाई आफ्ना दुःख सुनाउन र सहयोग लिन पछि
पर्दिनन् ।
हालै मुम्बईमा भएको एक घटनाले कट्रिना–सलमान मित्रताको गहिराई प्रष्ट्याउँछ
। जहाँ उनले आफ्ना प्रेमी रणवीर हैन पूर्व प्रेमी सलमानको सहयोग लिइन् ।
कट्रिना फिल्म बैंङबैंङको सुटिङ गरिरहेकी थिइन् । त्यतिकैमा मेकअप आर्टिष्ट
संघका सदस्यहरु त्यहाँ पुगे र कट्रिनाको मेकअप गरिरहेका कलाकारलाई बिना
रजिष्ट्रेसन सो काम नगर्न आग्रह गरे । जसले गर्दा उनको फिल्मको सुटिङ
रोकियो ।
कट्रिनाले फटाफट सलमानलाई फोन गरेर आफ्नो समस्या सुनाइन् । सलमानले त्यहाँ
पुगेका मेकअप आर्टिष्टलाई फोन गरी समस्या समाधान गरिदिए । फिल्मको सुटिङ
पुनः सुरु भयो ।
Post a Comment