news and more entertainment

काभ्रेमा फेरि आफ्नै दाजुले बहीनीलाई बलात्कार गरे

 काभ्रे, १९ असार : काभ्रेको कुशादेवी र भूमेडाँडा गाविसमा दुईवटा बलात्कारका घटना भएका छन् ।
ईलाका प्रहरी कार्यालय बनेपाले दुवै घटनाको अनुसन्धान शुरु गरेको कार्यालयका प्रहरी निरिक्षक अच्युत चापागाईले बताएका छन् । कुशादेवी गाविस ४ मा आफ्नै दाजुले ५ वर्षिया बहिनीलाई बलात्कार गरेका छन् । १६ वर्षिया दाजु कक्षा ९ मा अध्ययन गर्दै छन् भने बालिका भर्खर विद्यालय जान शुरु गरेकी थिइन् ।
 ढिलो गरी अभिभावकले थाहा पाएपछि सोमबार प्रहरी चौकी कुशादेवीमा खवर गरे लगत्तै प्रहरीले दाजुलाई पक्राउ गरी नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको चापागाईले जानकारी दिए । त्यस्तै भुमेडाँडा गाविस वडा नम्वर १ बस्ने वर्ष ३५ कि एक महिलालाई कुशादेवी गाविस ९ का ४० बर्षिय श्याम तामाङले बलात्कार गरेका छन् । ती महिलालाई बाटोमा हिँडिरहेको बेला जर्बजस्ति गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget