जागिरमा राखेको पहिलो दिन नै बलात्कार, मालिक पक्राउ
शोरुमका मालिक नविन मलहोत्रा (नाम परिवर्तित) ले सेल्सगर्ल राख्नका लागि पत्रिकामा विज्ञापन छपाए । धेरै मानिसहरुले जस्तै जून ३० तारिखमा मंगोपुरीको नजिक बुद्धविहारमा बस्ने सपना ( नाम परिवर्तित, ३० वर्ष) ले पनि जागिरका लागि अन्तर्वाता दिइन् । उनलाई छनोट पनि गरियो र जुलाई १ मा उनलाई कामको लागि आउने जानकारी दिइयो । मंगलबार बिहान करिब १०ः३० बजे उनी आइन् । शोरुमको सटर बन्द गरिएको थियो । उनले नविन मलहोत्रालाई फोन गरिन् र मल्होत्राले उनलाई पछाडिको बाटोबाट माथि भएको अफिस आउन आग्रह गरे ।
सपना माथि गइन् त्यहाँ अफिसर र गोदाम थियो । नविन त्यहाँ अन्य महिला कर्मचारीहरुसँग बसेका थिए । सपनाका अनुसार उनी बस्दा नै नबिनले उनलाई छुन सुरु गरिसकेका थिए । अरु महिला कर्मचारीहरु उठेर बाहिर गए । सपनाले पानी मागिन् । बोतलमा आधा भरिएको पानी थियो । पानी पिइसकेपछि उनलाई केहि पनि होश नभएको सपनाले जानकारी दिइन् । केहि समयपछि उनलाई होस आयो र त्यहाँ उनले आफ्नो लुगाहरु छरिएको र मलहोत्राले आफ्नो लुगा मिलाइरहेको देखिन् ।
सपना त्यहाँबाट तल झरेर आफ्ना लिभ–इन पार्टनरलाई फोन गरिन् । अदालतमा व्यस्त भएका कारण उनले फोन उठाउन भ्याएनन् । त्यसपछि उनले आफन्तहरुलाई फोन गरिन् । घटनाको बारेमा जानकारी दिएपछि आफन्तहरुले उनलाई १०० नम्बरमा फोन गर्न सल्लाह दिए ।
बलात्कार र नशायुक्त पेय पदार्थ ख्वाएको आरोप प्रहरीले पुष्टि गरिसकेपछि बुधबार महिलाले अदालतमा घटना दर्ता गरेपछि नविन मलहोत्रालाई पक्राउ गरिएको छ ।
Post a Comment