news and more entertainment

दश हजारसँगको यौनसम्बन्धपछि उनी पाइलट बनिन्

        एक एस्कार्ट गर्ल रहिसकेकी महिलाले आफ्नो शैंपेन एन्ड कोक बिंज लाइफस्टाइलको रहस्य खुलासा गरेकी छन् । उनले आफूले बेश्यवृत्तिका क्रममा दश हजार बढी पुरुषसँग सेक्स गरेको र उनीहरु अधिकांश विवाहित पुरुष रहेको खुलासा गरेकी हुन् ।

डेली मिरर अनलाइनमा डेविड रैवन लेख्छन्– निजी रुपमा शिक्षित ग्वांथ मोन्टेनीग्रोलाई विद्यालयमा डराउने धम्काउने गरिन्थ्यो । त्यसकारण उनको स्वाभिमान पनि तल थियो । जब उनी मात्र १८ वर्षकी थिइन् उनको जीवनले यस्तो मोड लियो कि उनी सेक्स उद्योगको कालो कुनामा धकेलिइन् । तर, अहिले उनी ती सबै कुराबाट पार भइसकेकी छन् । उनले आफ्नो अनुभव डेविडसँग बाँडेकी हुन् ।

उनले आफ्नो अनुभव बाँड्दै आफूले दश हजार बढीसँग शारीरिक सम्बन्ध कायम गरेको बताएकी छन् । जसमा ९० प्रतिशत विवाहित पुरुष रहेको उनको भनाइ छ। ग्वांथ अस्ट्रेलियाको एउटा निजी विद्यालयमा पढे हुर्केकी हुन् । पछि उन िदेशको सर्वाधिक कमाइ गर्ने सेक्स वर्कर बनिन् ।

                  कतिपय अवस्थामा त उनको साथ पाउनका लागि मानिसहरुले दुई हजार डलरसम्म तिर्न तयार हुन्थे । तर, उनको स्वभाविक विकास थिएन किनभने बाल्यकालमा उनलाई विद्यालयमा निकै प्रताडित गरिएको थियो । निकै कम स्वाभिमानको भावनाले उनलाई यौन उद्योगमा धकेल्न निर्णायक भूमिका खेलेको थियो ।
डेली मिररसँगको कुराकानीमा उनले भनेकी छन्–मलाई विद्यालयमा साह्रै प्रताडित गरिन्थ्यो । किनभने म निकै लज्जालु र अन्तरमुखी स्वभावकी थिएँ । त्यसैले म सहज शिकार थिएँ । यसका कारण म आफ्नो बारेमा केही राम्रो अनुभव गर्न सक्दिन थिएँ ।

                              म एउटी सामान्य युवती थिएँ । एक एस्कार्ट बन्नेबारेमा त कहिल्यै सोच्दिन थिए । तर, म धेरै पैसा कमाउन चाहन्थेँ । त्यही कुराले मलाई बयस्क मनोरञ्जन उद्योगतिर धकेलिदियो ।
यसक्रममा उनका कयौ साथीहरु डाक्टर र वकिल बने । तर, उनी बाह्र वर्षे अवधिमा एक ल्याप डान्सरबाट एस्कार्ट बनिन् । यसक्रममा उनले १० हजार ९१ जना पुरुषसँग यौन सम्बन्ध कायम गरिन् । उनले सबै कुरा आफ्नो डायरीमा लेख्ने गरेकी थिइन् । ग्वांथका अनुसार उनले आफ्नो अनुभवलाई एउटा रेकर्ड बुकको रुप दिइन् । यो एउटा ठ्ट्टाका रुपमा सुरु भएको थियो । उनी भन्छिन्–म सोच्थेँ कि म आफ्नो अनुभव लेख्नेछु जसले मलार्य मेरो स्थितिसँग जुझ्न सहयोग पुग्नेछ । कोकिन र शेंपेनको जीवन निकै नशिलो थियो । तब एक दिन मलाई महशुस भयो कि मेरो जीवनको १२ वर्ष बित्थै बित्यो ।

उनले आफ्नो डायरीमा लेखेकी छन् कि उनका ग्राहक अधिकांश व्यापारी हुन्थे । यसमध्ये करिब ९० प्रतिशत विवाहितच हुन्थे । यसमा उनी आफूलाई दोषी मान्दिनन् । बरु उनी ती पुरुषको विवाहति जीवन बचाएको ठान्छिन् । उनी भन्छिन्–पुरुष त्यतिबेलासम्म धोका दिँदैनन् जतिबेलासम्म उनीहरु आफ्नो वैवाहिक जीवनसाथीबाट पूर्ण रुपमा यौन आनन्द प्राप्त गर्दछन् । किनभने विवाहित भएकै कारण पुरुषहरु आफ्नो यौन इच्छा दबाएर राख्न सक्दैनन् ।

              एक ग्राहकलाई उधृत गर्दै उनले भनिन्–ती पुरुष आफ्नी श्रीमतीलाई असाध्यै माया गर्दथे, तर उनीहरुबीच वर्षमा तीन पटकसम्म मात्र सेक्स हुने गरेको थियो । पुरुष पूर्ण रुपमा स्वस्थ थिए । त्यसैले उनी त्यो स्थिति सहन गर्न सक्दैन थिए ।
उनका सबैभन्दा राम्रो ग्राहकमध्ये एक जना ८४ वर्षीय पुरुष पनि थिए । तर, उनी सेक्समा सफल थिए । उनले भनिन्–मैले यो काममा दुई वर्षको अवधिम सिकेँ कि यो मात्र सेक्ससम्बन्धी काम होइन, यस कामका लागि ग्राहकलाई फैन्टेसिज पनि पूरा गर्न आवश्यक छ।

                ग्वांथ भन्छिन्–म एक रातको डिनर र शैंपेनको दुई हजार डलरसम्म लिन्थेँ । यो एउटा सफल जीवन थियो । तर, यसका लागि ठुलो निजी मूल्य चुकाउनु पर्थ्यो । म निकै एक्लो र अलगथलग थिएँ, मेरा सीमित मात्र साथी थिए । उनको यो पेसाको खराव पक्ष उनी कोकिन र अल्कोहलको लतमा डुबेकी थिइन् । उनी सातामा कम्तीमा पाँच पटक ड्रग्स लिन्थिइन् । उनी कुस्त पैसा भएकाहरुलाई आकर्षित गर्थिइन् ।

                    यही क्रममा उनी भयानक कार दुर्घटनाको शिकार बनिन् । उनी बालबाल बचिन् । तब उनले महशुस गरिन् कि यो घटिया जीवनबाट बाहिर निस्कनुपर्छ । अस्पतालमा उनले आफ्ना आमाबाबुलाई आफ्नो सम्पूर्ण वास्ताविकता बताइन् । उनको स्वास्थ्यमा सुधार आएसँगै उनले व्यवसायिक उडानको प्रशिक्षण लिइन् । अहिले उनी एक पूर्णकालिन व्यवसायिक पाइलट छिन् । कार दुर्घटनापछि उनले महशुस गरिन् कि हामीले जीवन एक पटक जिउन पाउँछौं, म यसलाई बेकार बनाइरहेकी छु ।
उनले भनिन्–त्यतिबेला मैले आफ्ना आमाबुबालाई निकै समझदार पाएँ । मलाई महशुस भयो कि उहाँहरु पहिलोपटक ममाथि गर्व गर्न सक्छन् । आफ्ना साथीहरुलाई आफ्नो पूर्व पेसाबाट टाढै राखेर उनले एउटा पुस्तक पनि लेखिन् र आफैले प्रकाशन पनि गरिन् । उक्त पुस्तकको शीर्षक थियो–दश हजार पुरुष र गन्ती जारी छ ।

                  जब उनलाई अब ३६ वर्षको उमेरमा कुनै व्यक्तिसँग विवाह गरेर बाँकी जीवन बिताउन चाहनुहुन्छ भन्ने प्रश्न गरिन्छ । तब उनी भन्छिन्–म करिब चालीस हुन लागिसेकेको
छु । कुनै व्यक्तिको खोजी पनि सम्भव छ । एक एस्कार्टको रुपमा काम गर्दाको समय मैले सिकेको छु कि म आफ्नो प्रत्येक दिन त्यही रुपमा बाँच्छु । जीवन पनि ठिक त्यही हो । त्यसैले म कुनै हतार गर्दिनँ । आखिर तपाई आफ्नो जीवन पनि त एकएक दिन गरेर बाँच्नु हुन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget