तराईका ३४ जिल्लाका ९ सय ५० जना यौनव्यवसायी महिलामा गरेको अनुसन्धानले ४४
प्रतिशत व्यवसायीले यो पेसा अँगालेको एक वर्ष पनि नभएको देखाएको हो ।
यौन व्यवसायमा प्रवेश गर्ने नयाँ युवतीको संख्या पनि प्रतिवर्ष थपिँदै
गइरहेको अध्ययनले देखाएको छ । अनुसन्धान राजमार्ग वरिपरि यौनव्यवसायमा
संलग्न र तराई भेगका यौनकर्मी महिलामा गरिएको थियो ।
यौनव्यवसायमा संलग्नमध्ये ४२ प्रतिशत २० वर्षभन्दा कम उमेरका रहेको सो
अध्ययनले दाबी गरेको छ । ६५ प्रतिशतभन्दा धेरै यौनव्यवसायीले पहिलोपटक
यौनसम्पर्क गर्दा १५ वर्षभन्दा पनि कम उमेर रहेको बताए । त्यस्तै, ७६
प्रतिशत यौनकर्मीका परिवार रहेको अनुसन्धानले देखाएको छ ।
‘परिवारका सदस्य यौनव्यवसायी महिलाको आम्दानीमा निर्भर छन् अनुसन्धान
प्रतिवेदनमा भनिएको छ । त्यस्तै, ५७ प्रतिशतभन्दा बढी यौनव्यवसायीको
परिवारमा दुईदेखि तीनजना सदस्य छन् । यौनव्यवसायमा संलग्न महिलाको
शैक्षिकस्तर निकै कम भएको अनुसन्धानले देखाएको छ । उनीहरुमध्ये करिब ५२
प्रतिशत निरक्षर छन् । निरक्षर यौनव्यवसायी महिलाले शिक्षाका लागि जीवनमा
एकपटक पनि विद्यालय नटेकेको अनुसन्धानले देखाएको छ ।
८ प्रतिशतले मात्र एसएलसी र त्योभन्दा बढी अध्ययन गरेका छन् । करिब ५७
प्रतिशत यौनकर्मी विवाहित छन् । १७ प्रतिशत यौनकर्मी महिला कि त डिभोर्स
गरेका छन् या त लोग्ने छाडेर बसेका छन् । १२ प्रतिशतभन्दा बढी विधवा पनि
यौनव्यवसायमा रहेको अनुसन्धानले देखाएको छ । करिब ५९ प्रतिशत यौनकर्मीको
परिवारमा आश्रित पनि छन् । करिब ६८ प्रतिशत विवाहित छन् ।
३४ प्रतिशत विवाह नगरेका यौनव्यवसायमा छन् । विवाहितमध्ये पनि करिब २९
प्रतिशतले उनीहरुको श्रीमान्को अर्की पनि श्रीमती भएको बताएका थिए ।
त्यस्तै, अनुसन्धानमा सहभागी ७ सयमध्ये दुई दशमलव तीन प्रतिशतमा एचआइभी
एड्सको पनि संक्रमण पाइएको छ । करिब ६८ प्रतिशत यौनकर्मी महिलाका ग्राहक
यातायात मजदुर छन् । करिब ७० प्रतिशत यौनकर्मी महिलाले यौन कार्यमा सरिक
हुँदा कन्डम प्रयोग गर्ने गरेका छन् । ५८ प्रतिशतभन्दा बढी यौनकर्मीले
कन्डम निःशुल्क पाउने गरेका छन् ।
उनीहरुले कन्डम पाउने स्रोत एनजिओ तथा स्वास्थ्यका क्षेत्रमा कार्यरत
स्वास्थ्यकर्मी छन् । उनीहरुले प्रायः स्वास्थ्य मन्त्रालयले बाँड्ने ढाल र
नम्बर वान कन्डम प्रयोग गर्ने गरेको भेटिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
३१ प्रतिशतले ९ देखि १४ वर्षको उमेरमा पहिलोपटक यौनसम्पर्क गरेको बताएका
थिए ।
१५ देखि १९ वर्षभित्र पहिलो यौनसम्पर्क गर्ने ६२ प्रतिशत रहेको अनुसन्धानले
देखाएको छ । त्यस्तै, झन्डै ३२ प्रतिशत यौनव्यवसायीको विवाह ६ देखि १४
वर्ष उमेरमा भएको छ । १५ देखि १९ वर्षमा विवाह गरेका यौनव्यवसायी करिब ६२
प्रतिशत छन् ।

Post a Comment