news and more entertainment

त्यो आधी रात

मलेसियामा आइसकेपछि खोलापारिका सायाङहरुस“ग एक रात नबिताइ कसरी नेपाल फर्कनु ? जीवनले अचेल रक्सी त पिउन छाडेको थियो । तर उसको कुरा कुनै रक्स्याहाको भन्दा फरक थिएन । उसको मुखबाट अचेल यो वाक्य प्रायः नै निस्कन लागेको थियो ।
उसको यो थेगो जस्तै बनिसकेको वाक्य सुुन्दा–सुन्दा मलाई पनि कता–कता रहर लाग्यो– यहा“ छयापछयाप्ती पाइने वेश्याहरुको सम्पर्कमा जान । त्यस निम्ति दुई–चार हप्ता लगाएर मैले आफूलाई तयार पारें । युद्धभूमिमा जाने कुनै सिपाहीले भन्दा कम साहस जुटाउनु परेको थिएन मलाई । तर कसरी नजिक हुने ती नक्कली सायाङ् माने मायालुहरुस“ग ? हामी सा“झ–बिहानको भान्सा अटुट रुपले चलाउनका निम्ति नजिकैको एउटा सुपरमार्केट भित्र दिनहु“ जान्थ्यौं ।
एकदिन ।
हो, एकदिन पनि हामी सधै“ जस्तो गरी गयौं । त्यो दिन हामीले देख्यौं कि त्यो बिशाल–बजारभित्र काम गर्ने नया“ कामदारको रुपमा इण्डोनेशियन केटीहरु आएछन् । त्यस समूहमा एउटी केटी, जसको अनुहारमा मैले थुप्रै–थुप्रै दुःखका रेखाहरु कोरिएको देखें । अरुभन्दा बेग्लै देखिन्थी ऊ । भावुक र गम्भीर पनि ।
त्यसपछि पनि हामी त्यहा“ सपिङग गर्न नियमित गयौं, दिनदिनै गयौं । महिना दिन भन्दा बढी भयो । अरु सबैजना हा“स्ने बोल्ने गर्थे तर त्यो एउटी केटीको अनुहारमा मैले कहिल्यै मुस्कान देखिन“ । एकपटक पनि । कुनै अर्को एकदिन । उनीहरुको सुपरभाइजर बंगाली थियो, जसस“ग हामी धेरैपटक बोलिसकेका थियौं । हामीलाई उसले आफ्नो सबै कुरा सुनाएको थियो । पैंतिस वर्Èअघि जवान अवस्थामा मलेसिया छिरेको अहिले साठी पुगें भन्छ । पैसा कमाउन सकेन । न आफ्नो देशमा फक्र्यो न त यहा“को नागरिक भएर बा“च्न पायो । भन्छ–
‘अब यही“ मर्छु । किन जान्छु र आवल्नो लास बोकेर बंगलादेश ?’
अ“ त …भन्दैथिए“ नि, त्यस बंगाली बूढोले हामीस“ग सुटुक्क सोध्यो– तुमको लोड्की चाइए ? हो, उसको हिन्दी यस्तै थियो । राम्ररी नबुझेर जीवन र मैले एकसाथ सोध्यौं– के
हो ? भनेर । उसले आफ्नै सुरमा भनिरहेथ्यो– तिमीहरुले यदि पैसा खर्च गर्न सक्छौ भने, म केटी मिलाइदिन्छु, सक्छौ गर्न । उसको बंगाली लवजको हिन्दी बुझ्न हामीलाई कम्ता गाह्रो थिएन तर पनि बुझ्नुपर्ने जति हामीले बुझिहाल्यौं । जीवन र मैले एक–अर्काको अनुहारमा नियाल्यौं । जीवनले हे¥यो मलाई– सक्छस् ? मलेसियामा नआउनुपर्ने थियो, आइसकेपछि खोलापारिका सायाङहरुस“ग … । फेरि उसको त्यही सुगा रटाइ ।
जीवन सजिलै तयार भयो तर मैले एकछिन सोचें । खुबै सोचें । एउटा साहस बटुलेको थिए“ पहिल्यै । त्यसैलाई अनुमोदन गरें त्यस दिन मनमनै । तर म भीरबाट खसे झै“ त्यतिखेर भए“, जब त्यस बंगाली बूढोले ती इण्डोनेशियन केटीहरुलाई देखाउ“दै भन्यो– कुन चाहि“को फोननम्बर चाहियो ? लौ भन, जीवनले भन्दैथियो– सा“च्चीकै खोलापारिका भेटिए है वासु ?
म अवाक् भएर त्यस एउटी केटीलाई हेरिरहें, जो अहिले पनि नजरमा एउटा शून्यता बोकेर काम गरिरहेकी थिई । जीवनले कुनचाहि“को नम्बर लियो याद गरिन“ तर मैले त्यही केटीको मोबाइल नम्बर लिए“ बंगाली बूढोस“ग । होस्टेलमा आएर जीवनले मलाई भन्नु सम्म भन्यो– मेरो पछि लागेर त“ चाहि“ किन बिग्रेको .. ? महिनाभरि काम ग¥यो, रगत पसिना सुकायो, हात लाग्छ चार सय एकासी । त्यसैमा एकसय रिंगेट सरकारी कर तिर्नैपर्छ । खानुप¥यो, घुमघाम गर्नुप¥यो । के कमाइ छ र यार मलेसियामा ? तै पनि खोलापारिका सायाङहरुस“ग अस्थायी लगनगा“ठो कस्न त“छाडमछाड गर्छौं हामी ।
फोनको घण्टी गइरह्यो तर सबै ‘मिसकल’ भए । एकपटक, दुईपटक, तीनपटक हैन …. सातपटकसम्म । आठौं पाली मात्र उसले फोन रिसिभ गरी तर पनि चुपचाप । ‘हेलो’ भन्छे कि भनी पखिर्रहें तर बोल्दै बोलिन ऊ ।
मै बोलें–
के छ हालखबर ?
म बिजी छु । को हौ तिमी ? निरस बोली उसको ।
म तिमीलाई चिनेको मान्छे ।
ए ! यसपाली अझै खुम्चेको प्रतिकृया । म तिमीस“ग एक रात बिताउन चाहन्छु रोजिता । बडो जोड लगाउनु प¥यो मैले यति भन्न । उताबाट आवाज आयो– तिमीले मेरो नाम पनि जान्दछौ कसले दियो मेरो नाम ?
त्यो भन्दा अघि सयौ“ विरोधका आवाजहरु आफ्नै मनभित्रबाट आइरहेथ्यो–
तैंले यो के गर्दैछस् केटा ?
बंगाली बूढोले दिएको यो भनु“ कि भन्ने सो“चें तर भनिन“ । नबोलेरै उसको कानमा सकारात्मक बनिदिए“ । बरु यस्तो प्रश्न गरें उसले बुझ्ने गरी–
कहिले हुन्छ फुर्सद ?
समय तिमीले मिलाऊ । ठाउ“को बारेमा म भन्छु । भनी उसले ।
मैले भोलि नै भेट्ने कुरा राखें । उसले ‘हुन्छ’ भन्दै फोन राखी । एकछिनपछि एसएमएस पठाई– बी.ब्लकनिरको पेट्रोल पम्पको अगाडि राति दस बजे पर्खनेछु ।
कसैलाई भनिन“ । भोलिपल्ट जीवनलाई पनि थाहा नदिइ होस्टेलबाट निस्किए“ । पैदलै हि“डें । मनभरि डर थियो । बोलाएर तमिल चोरहरुको थप्पड खुवाउने त हैन यसले थप्पड मात्र खानु परे त हुन्थ्यो, सिलटिमुरै खानुप¥यो भने त ….. ? तै पनि हि“डिरहें एक्लै म ।
ऊ भनेकै ठाउ“मा भेटिई । नजिकै साइकल अड्याएर टुक्रुक्क बसेकी थिई । म उसको अगाडि पुगें । गाडीहरु आउने जाने क्रम तीव्र थियो । हामीलाई एकैछिन रोकिएर हेर्ने फुर्सद कसैलाई थिएन । सबैलाई आ–आफ्नो घरमा पुग्ने हतारो थियो । ऊ साइकल डो¥याउ“दै मेरो अगाडि हि“डीरही । म उसको पछि–
पछि । दस–पन्ध्र मिनेटको पैदल हि“डाइ पछि हामी एउटा अग्लो घरको अगाडि आइपुग्यौं । एउटा कोठा लिएर भूइ“तलामै बस्दी रहिछ ऊ । अरु मान्छे देखिन“ र सोधें– अरु कोही बस्दैन यो कोठामा ?
अह“, एक्लै । ….ए तिमीले खाना खायौ ?
अचम्म लाग्यो । यत्रो औद्योगिक Ôेत्रभित्र यस्तो भवनमा एक्लैले कोठा भाडामा लिएर बस्नु भनेको सानो कुरा थिएन । चानचुने आय हुने मान्छेको त उपाय नै थिएन ।
म उसको ओछयानमा बसिसकेको थिए“– लबस्तरा बनेर । लाज पचेको म । ऊ पनि नजिकै कुर्सीमा बसेकी थिई । म घोरिएको देखेर उसले मेरो का“धमा झक्झकाउ“दै सोधी–
खाना खायौ कि खा’को छैनौ ?
बल्ल झस“ग भए“ । उसको प्रश्नको उत्तर दिएकै रहेनछु ।
खाइसकें, तिम्ले ? सोध्दै गर्दा मैले उसलाई हातमा समातेर तानें ओछयानमा । उसको हात समातिराखें । महसुस गरें– तातोपना थिएन उसको हातमा । अलिकति लजाएझै“ गरी र सोधी उसले– तिमी नेपाली हैनौ ?, हो, किन र ? नेपालमा के गथ्र्यौ ? मेरो प्रश्नको वास्ता गरिन उसले । काम गर्थें, ……कुल्ली काम । तिमी ढा“ट्न सिपालु रै’छौ । किन, कसरी …? काम गर्ने मान्छेको हात यति चिसो ?
तिमी पनि त चिसो…। त्यसपछि केही बोलेनौं हामी केहीबेरसम्म । ऊ र म एक–अर्कालाई छोएरै बसेका थियांै तर पनि कुनै उत्तेजना हामीमा थिएन अचम्म !
म उसलाई अ“गालोमा बा“धेर भावुक हु“दै बोलिरहें– रोजिता म तिमीलाई साथी बनाउन चाहन्छु । म तिमीस“ग केवल एक रातको हैन, जिन्दगीभरको लागि साथी बन्न चाहन्छु । म रात बिताएको बद्लीमा तिमीलाई पैसा दिन्न“ । ….. मान्छयौ ? उसले मेरो हात आफ्नो शरीरदेखि अलग्याई । एकछिन शून्य भावले भित्तातिर हेरेपछि मतिर फर्की । उसको बोली गह्रांै थियो– साथी… ? एकपटक हा“सेर भन्न लागी– धेरैले भन्छन् यो । यो वाक्य पुरुÈले नारीलाई फ“साउनु अघि प्mया“क्ने पासो हो । भन्छन् भन्न त, तर स्वार्थ पूरा गरिसकेपछि ….। म तिमीलाई साथीको रुपमा हेर्न चाहन्छु न कि वेश्याको रुपमा । त्यसैले म तिमीलाई पैसा तिरेर अ“गाल्न चाहन्न“ । तिमी त ती सबैभन्दा पनि अझ स्वार्थी । अझै बढी धूर्त । ओहो ! आजसम्म यस्तो मान्छे भेटेकी छैन“ मैले । तिमीले मेरो मन बुझ्न सकिनौ रोजिता । बुझ्ने खा“चो पनि देखेकी छैन“ । एकछिन सन्नाटा । त्यसपछि दृढता उसकै– पैसा छ भने कपडा खोल्छु, छैन भने ढोका खोल्छु जाऊ । आफू बडो पवित्र जस्तो, मनमनमा घिन लाग्यो उसको कुराप्रति । कसरी यति छाडा बन्न सकेकी ? म ऊ स“ग सहभागिता खोजिरहेछु । एउटा आनन्दको निम्ति सहभागिता । ऊ चाहि“ कामको पारिश्रमिक खोजिरहिछ । मेरो भावनाको ठीक उल्टो ।
अझै भनी– सबै लोग्नेमान्छेले आइमाईलाई खेलौना ठान्छन् । जसरी पनि चलाउन र खेलाउन सकिने । बढी कुरा गरेर किन समय खर्च गर्छौ ? म तिम्रो कुरामा सहमत छैन“ । उसको अन्तिम फैसला । मलाई त्यो सुनेर रीस उठ्छ । प्रतिशोधको आगो सल्कन्छ मेरो छातीभित्र । जाबो तीस रिंगेट खर्च गर्नु नपरोस् भनेर त हैन नि यत्रो अनुनय गरेको उसको अगाडि मैले । तर उसले मेरो कुरा पत्याइन । म मर्माहत हुन्छु । यसरी मैले उसलाई सो“चेकै थिइन“ । मैले उसलाई जोडस“ग तानेर ओछयानमा ढाल्छु । उसलाई निर्वस्त्र पार्न उद्यत हुन्छु म । तर मेरो प्रतिशोध दन्किरहेको मुटु तब हिउ“ बन्छ जब उसले व्य“ग्य भरिएका आ“खाहरुले मलाई हेरिराखेको देख्छु । त्यही भावमा ऊ बोल्छे– तिमी लोग्नेमान्छेहरु हुन्छौ नै यस्तै । मैले भर्खरै भनेकी थिए“ नि । तिमीहरुले हामीलाई केवल खेलौना सम्झन्छौ । खेलौना, जो निर्जीव हुन्छ । तिमीहरुले हामीलाई मानव सम्झ“दा हौ त यति हतार गर्ने नै थिएनौ । किनकि प्रत्येक मानव सजीव हुन्छ । म पनि, तिमी पनि । एउटा सजीव प्राणीस“ग भावना हुन्छ, विचार हुन्छ, दृष्टि हुन्छ । उसलाई सुखको महसुस हुन्छ र त्यसै गरी उसलाई दुख्छ पनि । तिमीले मलाई न“ग्याउनुअघि म स“ग केही मानवीय प्रश्न ग¥यौ ? मलाई ज्वरो आएको थियो कि ? पेट दुखेको, महिनावारी भएको थियो कि अथवा अरु केही शारीरिक या मानसिक कष्ट पो थियो कि ? सोध्यौ मलाई ? सोध्यौ एकै वाक्य ? उसको कुरा सुनेर मेरो मस्तिष्कमा एउटा ठूलो खल्बली मच्चिन्छ । मेरा मानसिक तन्तुहरु आत्तिन्छन्, कराउ“छन् मानौं त्यहा“ कुनै सुनामी आएको होस् । यति ठूलो आक्रमणको कल्पना नै गरेका थिएनन् मेरा ती तन्तुहरुले । मेरा हातहरु जहा“ थिए त्यही“ अडिन्छन् अर्थात् रोजिताको पाइण्टमा । ऊ चाहि“ मलाई हेरेर मुस्कुराइरहन्छे । म उसको त्यो मुस्कानमा एउटा हा“सो देख्छु कटाÔको, व्य“ग्यको । त्यो हा“सो म मात्र हैन, सम्पूर्ण पुरुÈ जातिप्रति थियो । उठेर बस्छु । ऊ पनि उठ्छे ओछयानबाट । मतिर हेरेर भन्छे– दुःख मान्यौ ? मान्नु पर्दैन । बढी बोल्ने बानी छ मेरो । लागेको बानी मिल्क्याउन गाह्रो पर्छ, तिमीलाई पनि थाहा होला । बोल्दाबोल्दै उसले आफ्नो टी–शर्ट खोलिसकेकी हुन्छे । तर म उसलाई त्यो भन्दा बढी नाङगो देख्न सक्दिन“ । जबर्जस्ती रोक्छु उसलाई । मेरा रसिला आ“खामा हेरेर ऊ रुन्छे– मैले सो“चेझै“ रहेनछौ तिमी । माफ गर मलाई । सयौ“ लोग्नेमान्छेहरुस“ग रात बिताएकी छु मैले । तर तिमी जस्तो लाग्नेमान्छे देखेकी थिइन“ । मैले हरेक लोग्नेमान्छेभित्र एउटा भयानक पशु लुकेर बसेको देखेकी छु । तिमीलाई पनि त्यस्तै ठानें । रात बित्दै जान्छ तर म कल्पना पनि गर्न सक्दिन उसको शरीरस“ग खेल्ने । उसले पनि सायद मैले झै“ निर्णय गरिसकेकी थिई । सामान्य स्थितिमा ओर्लिसकेपछि म उसको बारेमा प्रश्नहरु गर्छु । आफ्नो कथा पनि नढा“टिकन सुनाउ“छु । तर आफ्नो जीवनकथा अघि उसको कथा मलाई एउटा वियोगान्त उपन्यास झै“ लाग्छ । मधुरो बिजुलीबत्तीमुनि बसेर ऊ बोल्दै जान्छे । म सुन्दै जान्छु– इण्डोनेशियामा जन्मेकी थिए“ म एउटा आदिवासी गाउ“मा । कलेज पढ्दापढ्दै बिहे भयो । एउटी छोरी जन्मी । श्रीमान जागीरे शहरको एउटा बैंकमा । मैले चाहि“ आफू जन्मेकै गाउ“को स्कूलमा पढाउन थालें । हाम्रो परिवार सुखी थियो । तर एकदिनको घटनाले त्यो सुख, हा“सो र खुसीहरु सबै–सबै बढारेर लग्यो । सन् २००४ डिसेम्वर २६ को दिन हाम्रो जिन्दगीमा कालो रात बनेर आयो । तिमीले सम्झ्यौ त्यो दिन के भएको थियो इण्डोेनेशियामा ?
आ“खाभरि टल्पलाएका आ“सु पुछेर केहीबेर बोल्न सकिन ऊ । फेरि विस्तारै बोल्न सुरु गरी– समुन्द्रमा भूइ“चालो गएको हल्ला जोडस“ग चल्यो एकाएक । जताततै आपत्कालीन सूचना सुनिन थाल्यो । त्यो भागदौड बीच मेरी छोरी कता हराई थाहै भएन । म कसरी बा“चें त्यो पनि थाहा छैन । शहरमा भत्किएका घरहरुमुनि मेरो श्रीमान् दबिनुभयो सदाका लागि । धेरै आफन्तहरु मरे त्यो दिन मेरा । म कति अभागीनी हैन त ? मैले पढाउने स्कूल भत्कियो ।
केही समयपछि अन्तर्राष्ट्रिय सहयोगद्वारा स्कूल त बन्यो तर धेरै बालबालिकाहरु आह ! सुनामीले आतंक मच्चाउनुअघि त्यस स्कुलमा ६११ जना विद्यार्थी थिए, पछि कति थिए सुन्छौ ? सुनाऊ, यन्त्रवत् मेरो बोली । २१७ जना । मेरो मन नराम्ररी हल्लियो । त्यति धेरै बाल–बालिका एकै गाउ“मा मरे । प्रभावित सबै ठाउ“मा गरी कति मरे होलान् ? कल्पनाले पनि मेरो मुटु चिसो भइरह्यो ।
पढाउने जा“गर भित्रैदेखि म¥यो । बा“चेका ती कलिला नानीहरुको अनुहारमा मैले मेरी छोरी सुहन्नालाई देख्थें झल्झली । उनीहरुको बोलीमा मेरै छोरीको आवाज सुन्थें । आजित भएर मैले राजीनामा दिए“ एकदिन ….। यति बोलिसकेर ऊ केहीबेर बोलिन । बरु रोई हि“क्का छाडी–छाडी । मैले ढाढस दिए“ तर व्यर्थै । फाटेको मन सान्त्वनाले कसरी टालिन्थ्यो र ? पछि सम्हाली आफूलाई ।
खाली बस्न झन् कसरी सक्थें
र ? सो“च्दा–सो“च्दा पागल हुन्छु कि भन्ने डरले एउटा निजी कम्पनीमा सुपरभाइजरको काममा लागें । तर एकदिन …. दिन हैन एकरात कम्पनीको बोसले मेरो लाचार अवस्थाको मौका समातेर मेरो इज्जतमाथि ठट्टा ग¥यो । एक रात हैन, दुई रात हैन, थुप्रै रात लुट्यो उसले मेरो अस्मीता । अनि मैले महसुस गरें लोग्नेमान्छेले हामीलाई केवल खेलौना ठान्दा रै’छन् । र, एकदिन मैले मेरो जीवनकै अनौठो निणर््ँय गरें । एकछिन चुप बसी ऊ । म पनि बोलिन“ । न त उसलाई बोल्न भनें । उसैले प्रश्न गरी– कस्तो निर्णय, सुन्न आत्तुरी लागेन तिम्लाई ?
मैले उसको भावपूर्ण अनुहारमा हेरिरहें । उसको दुःखको कथा सुनेर म पनि आद्र भइरहेथें । मन थिएन तै पनि सोधें– कस्तो निर्णय ? वेश्या बन्ने । उसको बोली निरस थियो – एउटा आदर्श शिÔिका बन्ने मेरो सपना थियो तर कति बेलादेखि म त वेश्या पो बनिसकेछु । त्यही निर्णयले मलाई डो¥याउ“दै ल्यायो यो देशमा, परदेशमा । मेरो आधा जिन्दगीको अनुभवले मलाई यै’ भन्छ– पाप–धर्म, अल्लाह, ईश्वर केही छैन, केही छैन यो दुनिया“मा । यदि अल्लाह छ कतै भने त्यो पनि मलाई वेश्या बन्न लगाउने त्यै’ शैतान जस्तै छ । उसले न त दुःख पाइरहेकालाई देख्छ र उद्घार गर्छ न त दुःख दिनेहरुलाई देख्छ र सजाय दिन्छ । …. अल्लाह, गड, भगवानहरु सबै झूठा ….।
यति बोलिसक्दा ऊ आवेगमा आएर चिच्याई । मैले उसलाई सम्हाल्ने सकेजति प्रयास गरें । मेरो कुममा आपनो नि“धार राखेर रोजिता त्यो रात धेरैबेरसम्म रोइरही । मेरो छाती उसको आ“सुले भिजायो । कति ठूलो चोट छातीभित्र बोकेर हि“डेकी रहिछ ऊ । मलाई के थाहा ? लोग्नेमान्छे न परें म । आफैलाई पश्चात्ताप र ग्लानीले समात्यो । धेरैबेर–धेरैबेरपछि उसले सम्हाली आफूलाई । अनि म उसको कोठाबाट निस्कें । रोक्न खोज्दैथी तर म जबर्जस्ती हि“डिदिए“ त्यहा“बाट । सडक सुनसान थियो यतिखेर । एउटै गाडी चलेको आवाज थिएन । न त मेरो देशमा झै“ झ्याउ“किरीको आवाज नै थियो । सा“च्चै, चकमन्न थियो रात । तर जति–जति म आफ्नो होस्टेलको नजिक–नजिक आइरहें, उति–उति मेरो कानमा एउटा भयानक गर्जन सुनिन थाल्यो । मान्छेहरुको रुवाइ, चीत्कार, त्यसमा साना नानीहरुको पनि स्वर मिसिएको थियो । त्यो कहालीपूर्ण आवाजले लखेट्यो मलाई । म दौडिए“ । आफू दौडन सक्नेसम्म दौडिए“ । मलाई लाग्यो सुनामी अझै शान्त छैन यो संसारमा । रोजिता झै“ धेरै–धेरै मान्छेलाई बिवशताको भूमरीमा डुबाइरहेछ त्यसले ।
हतार–हतार गेट खोलेर भित्र पसें । आफ्नो होस्टेलभित्र । बत्तीहरु निभाएर साथीहरु सुतिसकेछन् । मस्त नि“द्रामा थिए सबैजना । मैले बत्तीको स्वीच दबाए“ । कोठाभरि उज्यालो भएको कारण तीन–चारजना साथीहरुको निद्रा खुलेछ । मेरो ठूल्ठूलो सास फेराइप्रति उनीहरु सबैले प्रश्न गरे– के भो ? के भो वासु ? के भो भन् न । मैले फुट्लाझ“ै भइरहेको फोक्सोलाई जतनले सम्हाल्दै बल्ल–बल्ल भन्न सकें– सुनामी …. सुनामीले लखेट्यो मलाई । कसैले सोध्यो– के सुनामी ? कस्तो सुनामी ? समुन्द्रमा भु“इचालो । बुझेनौ ? मेरो थाकेको स्वर निस्कियो । सपना देखेछ ।
यतिञ्जेलको हल्ली–खल्लीले गर्दा जागिसकेको जीवनले यति भन्यो ठूलो स्वरमा र मलाई हेर्न उठाएको आफ्नो टाउको
फेरि ढलायो सिरानीमा । उसैलाई पछयाउ“दै अरु पनि आ–आफ्नो ओछयानमा लम्पसार भए ।
कल्पना गरें– भर्खर जीवनले भनेझै“ त्यो सुनामी एउटा नमीठो सपना मात्रै भएको भए कति जाती हुनेथियो । तर … त्यो त विपना नै थियो ।
यस घटनाको पर्सिपल्ट । दिउ“सोको समय रोजिता एउटा अग्लो–मोटो अनि कोइला जस्तो कालो तमिल अर्धबैंसेस“ग गफि“दै थिई । त्यही समय म पनि सपिङग गर्न जानुपर्ने । देखें, देखेपछि नदेखेझै“ गर्न सकिन“ । हेरें तर राति नौ बजेतिर मेरै अगाडि ऊ त्यही कालेको मोटरसाइकल पछाडि बसेर जा“दा बल्ल झस“ग भए“ म । ऊ एउटी वेश्या हो,….मैले नसम्झ“दो रहेछु ।
त्यसपछिका दिनहरुमा मैले उसलाई त्यस सुपरमार्केटभित्र देखिन“ । उसका स“गी–साथीहरु सधै“ आउ“थे, काम गर्थे अनि जान्थे । करिब दुई हप्ता पछि पनि ऊ त्यहा“ नआएपछि मैले आफूलाई थाम्न सकिन“ । सोधें उसका साथीहरुस“ग– रोजिता कहा“ गई ? देख्दिन“ अचेल । को हो रोजिता ? उल्टै प्रश्नले हिर्काई मलाई एउटीले ।
मैले भनें– तिमीहरुको साथी । त्यही क्या…. गोरी…. पातली… नबोल्ने । ए ! त्यो आमिनाको कुरो । त्यसले तिम्लाई पनि ढा“टी ? त्यसको नाम त रोजिता हैन ।
म खस्रक्क भए“ । मलाई हैन बंगाली बूढोलाई ढा“टेकी थिई उसले । तैपनि म आफू जिल्लिए“ यतिखेर । बंगाली बूढोलाई इमिग्रेशनले समातेर लगेको पनि दुई हप्ता भइसक्यो । सायद अब ऊ आउ“दैन यहा“ । अ“… अ“…त्यै’…क्यारे…. अमीना । अ“, उसैको बारेमा सोध्या’ मैले । ऊ बिरामी छे । अर्कीचाहि“ अलि गम्भीर हु“दै बोली । कस्तो बिरामी ? के भयो उसलाई ? मलाई थाहा छैन यति धेरै प्रश्न किन गर्दै थिए“ म ? दुखेको छ साह्रो गरी । के … कहा“ ….? …कसरी ? अचम्म छ बा ! यति धेरै प्रश्न मैले नै गरें । त्यो त भन्न मिल्दैन । अघिदेखि नै मुसुमुसु हा“सिरहेकी अग्ली केटीले यति भन्दा उसका साथीहरु सबैजना हा“से । एउटी अलि पाको उमेरकी झै“ देखिनेले सुस्तरी यो सोध्दा बल्ल पो म मरे जस्तै भए“– कतै त्यो लोग्ने मान्छे तिमी नै त हैनौ ? उनीहरुलाई छाडेर म आफ्नो होस्टेलमा फर्कें । त्यो कालो रात, … उसको विद्रोह भरिएको तर लाचार बोली, त्यो तमिल भुुसतिघ्रे… सबै–सबै आ“खामा नाच्न आए । आफूलाई सामान्य अवस्थामा फर्काउन मलाई धेरै दिन मानसिक कसरत गर्नुप¥यो ।
धेरैदिन, दिन मात्रै हैन महिना बितिसके । तर त्यो केटीलाई मैले त्यहा“ देखिन“ । ऊ कहा“ छे, यो संसारमै छे या मरी सकी केही थाहा छैन । उसका संगीहरुका अगाडि जान पनि मलाई डर लाग्छ । कतै उनीहरुले–हाम्री आमिनालाई दुःख दिएर मार्ने तिमी त हैनौ ? भनी सोध्ने हुन् कि भन्ने सोंचेर ।
अहिले पनि, जब–जब मलेसियाका गल्ली–गल्ली र चोकहरुमा, सडकमा र पसलहरुमा कुनै इण्डोनेशियन युवतीले ग्राहकस“ग आफ्नो शरीरको मोलतोल र जोड–घटाउ गरिरहेको देख्छु, मेरो छातीभित्र हजारौ“ सुनामीहरुले एकैपटक हिर्काउन आउ“छन् । आह बिवशता ! बिवशता भन्ने नहु“दो हो त संसार कति सुन्दर हुने थियो ।(समकालिन साहित्य) भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget