news and more entertainment

कट्रिनाले छानिन् १ करोड पर्ने कपडा, निर्माताले पैसा तिर्न नमानेपछि आफै तिरिन् -

 फिल्म बैंङबैंङको सुटिङका क्रममा कट्रिना कैफले करिव एक करोड भारतीय रपैयाँको गाउन् लगाएकी छिन् ।
तर, फिल्म निमार्ताले यति महंगो ड्रेस किन्न नसक्ने बताएपछि कट्रिना आफैले पैसा तिरेर भएपनि सुटिङमा आफुले चाहेको गाउन लगाएरै छाडिन् ।

१० जुलाइमा हुन लागेको एक गीतको सुटिङका लागि निर्माताले गेविन मिगुलद्वारा डिजाइन गरिएको गाउन मगाएका थिए । तर, त्यो गाउन निमार्तालाई मन परेन र नयाँ डिजाइन गर्न भनियो ।
डिजाइनरले दुई भिन्नाभिन्ना रंगमा गाउन डिजाइन गरि पठाए । तर, त्यसको मूल्य यति महंगो थियो कि, दाम सुनेर निर्माताको सातो उड्यो ।

कट्रिनालाई मन परेको सो गाउनको मूल्य १ करोड भारतीय रुपैयाँ(झण्डै १ करोड ६० लाख नेरु) थियो । जसका कारण निर्माताले रकम तिर्न इन्कार गर्दै सस्तो मूल्यको ल्याउन भने ।
तर, कट्रिनाले मन परेको गाउनमै गीत सुट गर्न चाहिन् । निर्माताको दुःख बुझ्दै उनले गाउनको एक करोड रुपैयाँ आफै तिर्ने बताइन् ।

यो खवरलाई निर्माण पक्षले अस्वीकार गरे पनि डिजाइनर गोविन मिगुलले भने पुष्टी गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget