बलिउड नायक साहरुख खान विश्वमा कती लोकप्रिय छन् भन्ने कुरा फ्रान्स
सरकारले हालै मात्र दिएको उच्च सम्मानले पनि प्रष्ट पार्छ । फ्रान्सका
विदेशमन्त्री लाउरेन्ट फ्याविसले उनलाई फ्रान्सको सबैभन्दा उच्च सम्मान
प्रदान गरेका हुन् ।
फ्रान्सको सबैभन्दा ठूलो अवार्ड ‘नाइट अफ द लेजियन अफ अनर’ अवार्डबाट उनलाई
ताल महल प्यालेस होटलमा आयोजना भएको कार्यक्रममा सम्मानित गरियो ।
साहरुखले आफूलाई यती ठूलो अवार्डबाट सम्मानित गरेकोमा फ्रान्सका
प्रधानमन्त्री र विदेशमन्त्रीलाई धन्यवाद दिए ।
साहरुखलाई सांकृतिक विविधता विश्वभर छर्नमा महत्वपूर्ण योगदान गरेको भन्दै
फ्रान्स सरकारले यती ठूलो अवार्ड प्रदान गरेको हो । साहरुखले यो अवार्ड
उनको आमाको जन्मदिनको दिन प्राप्त गरेका हुन् । साहरुखले आज आफ्नो आमा भएको
भए छोराको यती ठूलो सफलतामा पक्कै खुशी हुनुहुन्थ्यो होला भन्दै बलिउड
नयाँ उचाइमा पुगेको बताए । साहरुखले बलिउडमा पाइला टेकेको २२ बर्ष भयो ।

Post a Comment