news and more entertainment

रिहाना अझै असुरक्षित

आगो लगाउने सासू र श्रीमानलाई पक्राउ गर्न माग

बाँके, असार १७ – दाइजोका कारण आगोमा जलाइएकी २० वर्षीया रिहाना ढपाली उपचार गराएर माइती घर फर्के पनि आफ्नो नन्देभाइको धम्कीका कारण त्रस्त छिन् ।
रिहानाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेको थर्ड एलायन्स उपक्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुखसँग कुरा गर्दै रिहानाले भने, “नन्देभाइले फोनमार्फत ज्यान मार्ने धम्की दिएकाले मेरो आमाबुबाको ज्यानको सुरक्षाका लागि पहल गरिदिनुहोला ।”
उनले भनिन् – म मरेर बाँचेको मान्छेलाई अल्लाहबाहेक कुनै व्यक्तिले मार्न नसक्ने भएकाले मलाई कुनै किसिमको सुरक्षाको आवश्यकता छैन तर मलाई जन्म दिने मेरा आमाबुबालाई घरमा आएर घरमा मार्न सक्ने भएकाले सुरक्षा व्यवस्था गरिदिनुस् ।
रिहानाले आगोमा जिउँदै जलाउन प्रयास गर्ने सासू र श्रीमान्लाई प्रहरीले पक्राउ गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै अपराधीहरुलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गरोस् भनी माग पनि गरिन् ।
बाँके लक्ष्मणपुर–८ मियापुरकी रिहानालाई मोटरसाइकल र भैँसी दाइजो नल्याएको भन्दै उनकै पति र सासूले जलाएर मार्ने प्रयास गरेका थिए । शरीरको तल्लो भाग पूरै जलेकी उनलाई दुई दिन घरमै राखेर उपचारको बहानामा भारत बहराइच पु¥याएर घटना गुपचुप पारिएको थियो ।
उपचारका लागि वीर अस्पताल पुगेकी रिहानाले विभिन्न सङ्घसंस्थाको सहयोगमा उपचार गराएर आफ्नो माइती घर हिरमिनिया फर्केकी छन् । तीन महिनाभित्रै रिहाना सहज रुपमा हिँड्डुल गर्न पाउने विश्वास उपचारमा संलग्न डाक्टरहरुले दिलाएको बुबा समिम शेष ढपालीले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget