शुक्रवार रातीदेखि नै निरन्तर रकेट प्रहार गरिरहेको हमास समुहरुले शनिवार दिउसोसम्म पनि गाजापट्टीवाट ८ वटा रकेट प्रहार भएको इजरायली संचारमाध्यामहरूले जनाएका छन् भने शुक्रवार २० वटा रकेट प्रहार भएको थियो । अहिले केही छिन अघि ७ वजे पनि आस्केलन नगर परिषरमा ३ वटा रकेट झरेको छ । रकेट खुल्ला क्षेत्रमा विस्फोट भएको कारण जनधनको क्षति नभएको थाहा हुन आएको छ ।
सो रकेट विस्फोट हुनुपुर्व साईरन समेत वजेको थिएन । इजरायलको हिव्रोन क्षेत्रबाट करिव केही साता अघि ३ विद्यार्थीको अपहरण र हत्या भएदेखि शुरुभएको हमास र इजरायलविचको युद्दमा ६ जुलाई शुक्रवार प्यालेष्टाइनी हमास समूहले एकतर्फी युद्धविरामको घोषणा गरेको थियो । गाँजापट्टीमा इजरायली सुरक्षा निकायसँग तनाव बढिरहेको बेला हमासले एकतर्फी युद्धविरामको घोषणा गरेको बताइएको छ । इजिप्टका गुप्तचर अधिकारीहरुको मधयस्थतामा हमास युद्धविरामका लागि सहमत भएको थियो । प्यालेस्टाइनी सीमामा बढ्दो तनावलाई मध्यनजर गरी इजरायलले गाजापट्टीमा अतिरिक्त सुरक्षाकर्मी तैनाथ गरेको छ । यसै तनावकाबीच प्यालेस्टाइनले इजरायलमाथि रकेट आक्रमण जारी नै राखेका छन् भने इजरायलले गरेको हवाई आक्रमणमा १० प्यालेस्टाइनी घाइते भएका छन् ।
हवाई आक्रमण लगत्तै प्यालेस्टाइनले रकेट आक्रमण गर्दा इजरायलको दक्षिणी सहर स्टेगेटका अधिकांश घरहरु ध्वस्त भएका छन् ।यसैबीच, पूर्वी जेरुसेलममा प्यास्टाइनले आफ्ना नागरिक मोहमद अबु खदैरको अपहरणको विरोधमा प्रदर्शन जारी नै राखेका छन् । प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले विभिन्न ठाउँमा तोडफोड गर्नुका साथै सरकारी भवनहरुमा आगजनी समेत गरेका छन् । यसै क्रममा केही क्षण अघि पुन विरसेभा क्षेत्रमा ३ वटा रकेट आक्रमण गरिएको छ । एउटा रकेट आइरन डोमले निस्कृय पारिएको छ भने एउटा विरसेभाको खुल्ला क्षेत्रमा खसेको छ भने अर्को एउटा रकेटको सेनाले खोजि गरेको छ, केही क्षण अघि कोड रेड रकेट साइरन वजेको Ynet.com ले जनाएको छ ।

Post a Comment