एजेन्सी ।
बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहबिच प्रेम सम्वन्ध रहेको त थाहा भएकै कुरा हो । तर यो जोडीले सुटिङ छाडेर फ्रान्सबाट भारत फर्कने भन्दै तुर्कीमा होटलमा रात बिताएको खुलासा भएको छ ।
गोप्य रूपमा सम्वन्ध अघि बढाउँदै आएका यि दुईको सम्वन्धको खुलासा भएपछि दुवैले मिडियासँग कुनै प्रतिक्रिया दिन मानेका छैनन । नयाँ चलचित्रको सुटिङका लागि फ्रान्स पुगेका दीपिका रणवीरसँग जन्मदिनको अवसरमा रात बिताउनकै लागि त्यहाँबाट एक दिनअघि नै फर्किएको खुलासा भएको हो ।
भारतीय समाचार संस्थाहरुले दीपिकाले रणविरसँग तुर्कीको एउटा होटलमा एउटै कोठामा रात बिताएको होटलको हवाला दिंदै उल्लेख गरेका छन् ।
रणवीर र दीपिका दुवैजना हाल तुर्कीमै रहेका छन् । यो जोडी जोया अख्तरको फिल्म दिल धड्कने दोंको सुटिङमा पनि यो जोडी व्यस्त रहेको छ ।
आफ्नो गोप्य सम्वन्धको खुलासा भएपछि मिडियाबाट टाढा रहेको जोडी केही समय मिडियाबाट टाढा रहने योजनामा रहेको समेत बताइएको छ ।
Post a Comment