news and more entertainment

६ महिनाकी गर्भवतीलाई जलाइयो, श्रीमान पक्राउ

नेपालगन्ज : नेपालगन्जमा एक गर्भवती महिलालाई आगो लगाएर विभत्स रुपमा जलाइएको छ। नेपालगन्ज बाँके गाउँ बस्ने ६ महिनाकी गर्भवती ३० वर्षीया साजाहाँ कबडियाको शरीर पुरै जलेको छ।
शुक्रबार राती जलेको अवस्थामा उपचारको लागि कबडियालाई भेरी अञ्चल अस्पताल ल्याएको थियो। श्रीमानलाई प्रकाउ गरेपछि अहिले साजाहाँको कुरुवा कोही पनि छैन। प्रहरीले जलाउने अपराधमा संलग्न भएको आशंकामा पति मोहमद सामिरलाई पक्राउ गरेको छ।


भेरी अञ्चल अस्पतालमा उपचार गराइरहेकी कबडियाको अवस्था गम्भिर रहेको छ। अस्पतालकी नर्स सुभद्रा रोकायले अवस्था अत्यन्तै नाजुक भएको बताइन्। ' छटपाइरहेकी छन् , स्लाइदिने ठाउँ समेत छैन , नसाहरु सबै जलेका छन्, नर्स रोकायले बताइन। अस्पतालमा साजाहाँको कुरु वा समेत नभएका कारण पानी दिने र आषधी ल्याउने मान्छे समेत कोही छैन।

'यता उताबाट हामीले नै औषधी उपचार गरिरहेका छौ, नर्स रोकायले भनिन्। ' मेरो श्रीमानलाई प्रहरी प्रकाउ गरेको छ , म केही भन्दिन, साजाहाँले भनिन। साजाहालाई परिवार कै सदस्यले जलाएको आंशका प्रहरीले गरेको छ। अस्पतालमा खटिएका प्रहरी जवान नरेन्द्र केसीले एकजना आफन्त हु भन्दै आएको तर खाना लिन जान्छु भनेर फर्केर नआएको बताए। ' कोही आफन्त पनि आएका छैन, पानी , खाना दिने मान्छे पनि कोही छैन, जवान केसीले भने।

जलाइएकी साजाहाँको घर भारतको बहराइचमा रहेका प्रहरीले जनाएको छ। बाँकेका प्रहरी नायब उपरीक्षक सुशिलसिंह राठौरले साजाहाँको घटनाको बारेमा श्रीमान मो.समिरलाई पक्राउ गरी प्रहरी अनुसन्धान अगाडि बढाएको बताए। यसअघि पनि बाँकेमा तीन महिलालाई दाइजोको नाममा जलाइएको छ। भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget