news and more entertainment

शनिवारदेखि भित्री काठमाडौंमा सवारी साधन निषेध

३ असोज, काठमाडौं ।
शनिबारदेखि काठमाडौं भित्री सहरका आठ ठाउँमा दिनको केही समय सवारी साधन निषेध गरिने भएको छ । विश्व काररहित दिवस’का अवसरमा काठमाडौं महानगरपालिकाले यस्तो कार्यक्रम सात दिनका लागि ल्याउन लागेको हो ।

महानगरपालिकाका अनुसार पहिलो दिन शनिबार जनबहाल तथा किलागल बिहान सातदेखि बेलुका सात, आइतबार बसन्तपुर बिहान सातदेखि बेलुकी सातबजेसम्म, सोमबार ठमेलको सातघुम्ती दिउँसो १ बजेदेखि बेलुकी आठबजेसम्म सवारी साधनलाई निषेध गरिने नागरिक दैनिकमा खवर छ ।

त्यस्तै मंगलबार टेकु दोभानदेखि कालमोचनघाट बिहान सातदेखि बेलुकी सातबजेसम्म, फेरि बुधबार बसन्तपुर बिहान सातदेखि बेलुकी सात, बिहीबार भगवानबहाल दिउँसो १२ देखि साँझ पाँच, शनिबार दरबारमार्ग दिउँसो एक बजेदेखि राति आठ र सोही दिन बसन्तपुर बिहान सातदेखि बेलुकी सातसम्म सवारी निषेध गरिने  छ ।

‘साना सहरमा सवारीबिना बाँच्न सकिन्छ वा सकिँदैन भन्ने देखाउनका लागि हो,’ महानगरपालिका सम्पदा शाखाकी अधिकृत श्रजु प्रधानले भनिन्९‘भित्री सहरमा नियमित कामका लागि सबैलाई सार्वजनिक सवारी चढेर आउन अनुरोध गर्दछौं ।’ भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget