news and more entertainment

जोडी सुत्दा कति दुरी राखेर सुत्ने वैज्ञानिक निष्कर्ष !!

 दाम्पत्य जीवन सुखी राख्न धेरै कुरामा ख्याल गर्नुपर्छ । खाने, लगाउने, घुम्ने विषयमा त धेरैले ख्याल पर्याएका हुन्छन् तर सुत्ने बेलामा कसरी सुतिन्छ त्यस कुराले पनि दाम्पत्य जीवनमा धेरै प्रभाब पारेको हुन्छ । जोडी सुत्दा कति दुरी राखेर सुत्नहुन्छ यस विषयलाई लिएर वैज्ञानिकहरुले नयाँ निष्कर्ष निकालेका छन् । अनुसन्धानकर्ता भन्छन्,‘ जोडी सुत्दा दूरी जति कम हुन्छ, उनीहरूबीचको संबन्ध त्यति नै सुमधुर हुन्छ ।’

दूरी एक इञ्चभन्दा कम हुने जोडीबीचको संबन्ध ३० इन्चभन्दा बढी दूरी बनाउने जोडीको भन्दा बढी सुमधुर हुने अनुसन्धानकर्ताको दाबी छ । अनुसन्धानकर्ताले शरिर एकअर्कालाई छुवाएर सुत्न निकै फलदायी हुने बताएका छन् । एडिनबर्ग इन्टरनेशनल साइन्स फेस्टिभलको एउटा भागको रुपमा १००० मानिसहरुबीच गरिएको अनुसन्धानमा दम्पत्तिको सुत्ने शैलीका बारेमा रोचक तथ्य सार्वजनिक भएको थियो ।

जसअनुसार ४२ प्रतिशत दम्पत्तिले ढाड जोडेर, ३१ प्रतिशतले एकापट्टि फर्केर एउटै पोजिशनमा र ४ प्रतिशतले आमनेसामने गरेर सुत्ने गरेको बताएका थिए । यस्तै, १२ प्रतिशतले १ इन्चभन्दा कम दूरीमा र २ प्रतिशतले ३० इन्चभन्दा बढी दूरी बनाएर सुत्ने गरेको पाइएको थियो । युनिभर्सिटी अफ हर्टफोर्डसायरका मनोविद् प्राध्यापक रिचर्ड वाइजम्यान दिएको जानकारी अनुसार शरिर छोएर सुत्ने ९४ प्रतिशत जोडीहरुको सम्बन्ध सुमुधुर रहेको र बाँकी रहेकाहरुको रहेको थिएन । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget