news and more entertainment

शिक्षिकाको कुटपिट पछि नर्सरीमा अध्ययन गर्ने विद्यार्थीको आँखा फुट्यो

१९ असार । शिक्षिकाको कुटपिट पछि नर्सरीमा अध्ययन गर्ने विद्यार्थीको आँखा फुट्यको छ । बाँके, हिरमिनिया–१ का आठ वर्षीय अजय धोवीले कक्षा कोठामा गृहकार्य माग्दा आँखाको ज्योति गुमाउनु परेको हो । कक्षाकोठाबाट हतारहतार बाहिर निस्कन खोजेका अजयले ‘छिटो गृहकार्य’ चाहियो भन्दा उनी अध्ययनरत सोही ठाउँको भेरी जोन इङ्लिस मिडियम स्कुलकी शिक्षिका आरधाना रानाले कुटेको पीडितका बुवा मैकुलालले बताएको आजको नागरिकमा खबर छ। मैकुलालका अनुसार असार ९ गते विद्यार्थीले गृहकार्य मागेपछि शिक्षिका रानाले कापी र हातले कुट्दा अजयको आँखाको नानी फुटेको हो। शिक्षिकाको कुटाइले आँखामा चोट लाग्नेबित्तिकै शिक्षकले img12अजयलाई उपचारका लागि फत्तेबाल आँखा अस्पताल पुर्‍याएका थिए। ‘अस्पतालमा उपचार भइरहेकाले सञ्चो होला भन्ने लागेको थियो,’ तरकारी बेचेर परिवारको गुजारा गर्दै आएका मैकुलालले भने, ‘असार १७ गते अस्पतालले आँखाको भित्री भागमा कलमले काटेको जस्तो घाउ रहेको र ज्योति गुमेको भन्दै उपचार हुन नसक्ने जानकारी दियो।’ पढन गएको छोराको आँखा फुटेको जानकारी पाएपछि यतिखेर मैकुलालले सहयोगका लागि विभिन्न निकाय गुहारेका छन्। उनले प्रहरी, जिल्ला शिक्षा कार्यालय तथा बालबालिकाको क्षेत्रमा काम गर्ने सिविन लगायतका विभिन्न संस्थामा सहयोगका लागि आग्रह गरेको बताए। सरकारी स्कुलमा पढाउँदा कुनै सुधार नभएपछि मैकुलालले गएको वैशाखमा छोरालाई भेरी जोन इङ्लिस मिडियम स्कुलमा भर्ना गराएका थिए। बाँकेका शिक्षा अधिकारी धनसिंह धामीले छटनाको विस्तृत अध्ययनपछि कारबाही प्रक्रिया अघि बढाइने बताए।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget