news and more entertainment

ट्विटरमा भट्टराईसँग सरिताको लडाईँ

असार २६ । पछिल्लो पटक प्रविधिको विकासले सबै मानिसलाई सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरसँग जोडिदिएको छ ।

मानिसहरु हरेक अवस्थाबारे यी नै सामाजिक सञ्जालमा स्टाटसहरु लेखिरहेका हुन्छन् ।

यसले राजनीतिक दल, बुद्धिजिवि, पत्रकार, कानुन व्यवसायी, सरकारी कर्मचारी, हाकिम, मजदुर लगायत कसैलाई पनि छाडेका छैन ।

त्यस्तै मध्ये ट्विटरमा झुण्डिरहने एक हुन् नेपाल सदभावना पार्टीकी अध्यक्ष सरिता गिरी । उनी ट्विटरमा निक्कै छाउने गरेकी छन् । तर पछिल्लो पटक भने त्यही ट्विटरसँग उनको चर्चा निक्कै चलेको छ ।

गिरीले ट्टिवरमा एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई चुनौती दिएपछि यसले चर्चा पाएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलवार नेपालमा राजनीतिक दलहरु भ्रष्टाचारमा अघि रहेको प्रतिवेदन सार्वजनिक सँगै गिरीले भट्टराईलाई मेन्सन गर्दै ट्वीटरमा आफूलाई बर्खास्त गरेको भन्दै आक्रोश पोखेकी छन् ।

उनले ट्वीटरमा आजको काठमाडौं पोष्टमा मैंले फेरी पढें तपाईंले मलाई भ्रष्टाचारको आरोपमा मन्त्रीबाट वर्खास्त गर्नुभएको थियो भनेर रोष प्रकट गरेकी छन् ।

यी र यस्तै कुरा गिरीले लेखिरहँदा भट्टराइले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget