news and more entertainment

जिल्ला अदालतले युवती बेच्नेलाई १६ वर्ष कैद राख्ने फैसला

मानव बेचबिखन सम्बन्धी मुद्दाका अभियुक्तलाई जिल्ला अदालतले जनही १६ र १२ वर्ष कैद तथा १ लाख ५० हजार बिगो तोकेको छ । जिल्ला न्यायाधीश पशुपति आचार्यको इजलासले लिम्बुदिन ४ का लोकेन्द्रकुमार श्रेष्ठ र फूलबारी ३ की संगीता भनिने कृष्णकुमारी सेन्दाङलाई उक्त सजाय गरेको हो । घटनाका पीडित तीन जनालाई जनही ५० हजार क्षतिपूर्ति सोही जरिवानाबाट भराइने स्रेस्तेदार रिद्धिनाथ निरौलाले बताए । निरौलाका अनुसार कृष्णकुमारीलाई १६ वर्ष कैद र १ लाख ५० हजार नगद तथा श्रेष्ठलाई १२ वर्ष ६ महिना कैद र १ लाख २५ हजार जरिवाना फैसला भएको हो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget