news and more entertainment

काठमाडौं च्याम्पियन

काठमाडौ, असार १८ - काठमाडौं नवौं राष्ट्रिय उसुमा सोमबार च्याम्पियन बनेको छ । काठमाडौं ७ स्वर्ण, ५ रजत र १ कांस्य जित्दै टिम च्याम्पियन बन्न सफल रह्यो ।
प्रतियोगिताको सान्सौंतर्फ पुरुषमा कञ्चनपुरका अमर सुनार र महिलामा भोजपुरकी शर्मिला राई उत्कृष्ट खेलाडी घोषित भए । थाउलुको पुरुषमा साग स्वर्णधारी सिन्धुपाल्चोकका आङबाबु लामा र महिलामा भक्तपुरकी सुस्मिता तामाङ उत्कृष्ट बने ।
प्रतियोगिताको अन्तिम दिन सान्सौंतर्फ पुरुषको ४८ केजीमा उदयपुरका अशोक खालिङ पहिलो भए । उनले कञ्चनपुरका अर्जुन चौधरीलाई पराजित गरे । नेपाली सेनाका राजकुमार राईले ५२ केजीमा ललितपुरका उमेश महर्जनलाई हराउँदै स्वर्ण जिते भने ५६ केजीमा कञ्चनपुरका अमर सुनार शीर्ष स्थानमा रहे । अमरले फाइनलमा कास्कीका विमल थापालाई हराए ।
त्यस्तै, ६० केजीमा एपीएफका मंगलप्रसाद थारूले बाजी मारे । फाइनलमा मंगलले भक्तपुरका कान्ति लामामाथि जित हासिल गरे ।
सान्सौंकै पुरुषतर्फ ६५ केजीमा सिन्धुपाल्चोकका सोमवीर तामाङ पहिलो भए । उनले कञ्चनपुरका शुद्धिराम चौधरीलाई पाखा लगाए । सेनाका चित्रसिंह ठकुरीले ७० केजीको फाइनलमा सिन्धुपाल्चोकका राजु श्रेष्ठलाई तथा ७५ केजीमा काठमाडौंका पुरुषोत्तम रिजालले एपीएफका निकेश श्रेष्ठलाई हराए ।
एपीएफका तेजबहादुर पल्लीले ८० केजीको फाइनलमा कास्कीका शंकरबहादुर खाँणलाई हराउँदै पहिलो स्थान हात पारे भने ८५ केजीको स्वर्ण सिन्धुपाल्चोकका रमेश तामाङले जिते । दोलखाका मनलाल मोक्तानले रजत जिते ।
सान्सौंको महिला ४८ केजीमा भोजपुरकी शर्मिला राईले भक्तपुरकी सम्झना शर्मा, ५२ केजीमा सेनाकी जुनी राईले ललितपुरकी अनिता लामा, ५६ केजीमा कास्कीकी झरना गुरुङले सेनाकी शर्मिला राई, ६० केजीमा एपीएफकी चाहना बम्जन लामाले भक्तपुरकी लुमन्ती श्रेष्ठ तथा ६५ केजीमा सुर्खेतकी नीलम रम्जालीले इलामकी अरुणा राईलाई पराजित गर्दै स्वर्ण चुमे ।
नेपाल उसु संघद्वारा आयोजित प्रतियोगिताको थाउलुतर्फ पुरुष ताउसुमा ललितपुरका नीराजन आले मगर, महिला थाइची चेनमा साग स्वर्ण विजेता विनीता महर्जन तथा महिला चियन सु भक्तपुरकी सुस्मिता तामाङ पहिलो भए । पुरुष तुइलिन -सेट स्पाइरिङ) मा विजय सिन्जाली मगर, विजय लामा र दोर्जे लामा सम्मिलित काठमाडौं टोलीले स्वर्ण जित्यो ।
तीन खेलाडीद्वारा संन्यास
उसुका तीन खेलाडीले सक्रिय खेलाडी जीवनबाट संन्यासको घोषणा गरेका छन् । नवौं राष्ट्रिय उसुको समापन कार्यक्रममा उनीहरूले संन्यासको घोषणा गरेका हुन् । करिब १५ वर्षे खेलाडी जीवनबाट संन्यास लिनेमा युवराज गुरुङ, राजीव महर्जन तथा वीरसिंह तामाङ छन् । खेलाडीत्रय एउटै ब्याचका हुन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget