काठमाडौं, २५ असार । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो ‘स्वास्थ्य भ्रमण’ छोट्टाएर आज मध्यान्नमा काठमाडौं आईपुग्नुभएको छ । गत आइतबार पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएका प्रचण्ड आज करिब १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा ओर्लिनुभएको हो ।
यसअघि प्रचण्ड बुधबार नेपाल फर्किने भनिएपनि उहाँ एकदिन अगावै काठमाडौं आईपुग्नुभएको हो । प्रचण्ड नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश मन्त्री सलमान खुर्सिदलाई भेट्न हतार गरेर स्वदेश फर्किनुभएको राजनीतिक वृतमा चर्चा छ ।
भारतीय विदेश मन्त्रीको नेपाल भ्रमण दुई दिने हुने यसअघि तय भएको कार्यक्रम अनुसार प्रचण्ड बुधबार स्वदेश फर्किएर खुर्सिदसँग भेट गर्ने कार्यक्रम तय भएको बुझिएको थियो । तर, खुर्सिदको भ्रमण छोट्टिएपछि प्रचण्डको सिंगापुर भ्रमण पनि छोट्टिएको कतिपयको बुझाई छ ।
यद्यपी प्रचण्डले आज विमानस्थलमा छोटो प्रतिक्रिया दिंदै आफू खुर्सिदलाई भेट्न हतारिएर नआएको दाबी गरेका छन् । तथापी यसअघि विदेशबाट फर्किएपछि विमानस्थालमा सञ्चारकर्मीमाझ औपचारिक रुपमा प्रस्तुत हुनुहुने प्रचण्ड आजपनि सोझै गाडीतर्फ सोझिनुभएको थियो ।
राजनीतिक वृतमा जसरी खुर्सिदको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ, त्यसैगरी प्रचण्ड सिंगापुरबाट हतारिएर नेपाल फिर्नुलाई हेरिएको छ ।
अर्कोतर्फ भारतप्रति कडा रुपमा प्रस्तुत हुँदै आउनुभएका नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य भने यही मौकामा चीन प्रस्थान गर्नुभएको छ । विशेषगरी बाहिरी रुपमा भारतप्रति निकै आक्रामक देखिनुहुने वैद्य खुर्सिदसँग तय भएको भेटलाई वेवास्ता गरेर ‘अचानक’ चीन प्रस्थान गर्नुभएको हो ।
भारतीय विदेश मन्त्री खुर्सिदले नेपाल भ्रमणका क्रममा यहाँका विभिन्न राजनीतिक दलका नेताहरुलाई भेट गर्ने क्रममा वैद्यसँग पनि भेट गर्ने कार्यतालिका थियो । तर, वैद्य भने यही मेसोमा विदेश पुग्नुभएको हो खुर्सिदसँग भेट नगरी अचानक वैद्य चीन प्रस्थान गर्नुले राजनीतिक वृत्तमा थुप्रै आशंका गरिएको छ ।
नेकपा–माओवादीले वर्तमान खिलराज रेग्मी नेतृत्वको सरकार र चार दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिलाई भारतको इशारामा निर्माण भएको आरोप लगाउँदै आईरहेको छ ।

Post a Comment