२९ असार, काठमाडौं । प्रमुख चार राजनीतिक दलहरुले वैद्य माओवादीद्वारा अघि सारिएको लोलमेच सम्मेलनबारे छलफल गर्ने भएका छन् । उच्चस्तरीय राजनीतिक समितिको शनिबार अपरान्ह बस्ने बैठकमा गोलमेचबारे छलफल गरिने भएको हो ।Agni-Spkota
उच्चस्तरीय राजनीतिक समितिको बैठक शनिबार साढे ४ बजे विजयकुमार गच्छदारको अध्यक्षतामा बस्दैछ । बैठकका नेपाली कांग्रेसका सभापति सुशील कोइराला भने सहभागी हुन नभ्याउनुहुने भएको छ । कोइराला अमेकिारबाट बेलुका ६ बजेमात्रै आइपुग्ने स्रोतले बताएको छ । स्रोतका अनुसार सरकार, चार राजनीतिक दल र वैद्य माओवादीका नेताहरुवीच अनौपचारिक छलफल भई गोलमेच गर्नेबारे सबैको भित्री सहमति भएको छ ।
चार दलको आज बस्ने बैठकले गोलमेचको मिति र प्रक्रियाबारे छलफल गर्ने भनिए पनि वैद्य पक्षले राख्दै आएको मंसिर ४ को चुनाव सार्नुपर्ने मागप्रति भने चार दल र सरकार अझै सहमत भएका छैनन् ।
मंसिर ४ को चुनाव सर्दैन : सापकोटा
यसैवीच पेरिसडाडँस्थित पार्टी मुख्यालयमा आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाओवादी प्रवक्ता अग्नी सापकोटाले मंसिर ४ को चुनाव कुनै पनि हालतमा नसर्ने बताउनुभएको छ । ‘मन्त्रिमण्डल विस्तार गर्न र उच्चस्तरीय समितिमा असन्तुष्ट दलहरुलाई सहभागी गराउन सकिन्छ, तर कुनै पनि बाहनामा मंसिर ४ को निर्वाचन सार्न हुँदैन ।’ -सापकोटाले भन्नुभयो । उहाँले असन्तुष्ट दलहरुको मागबमोजिम समानुपातिक सभासदको सीट संख्या पनि थप्न सकिने बताउनुभयो ।

Post a Comment