इजिप्टको सेनाले राष्ट्रपति मोहम्मद मुर्सीलाई हटाउँदै सत्ता हातमा लिएको छ । देशको संकट समाधान गर्न या सैन्य हस्तक्षेपका लागि तयार रहन भन्दै राष्ट्रपतिलाई दिएको ४८ घण्टे अल्टिमेटम सकिए लगत्तै सेनाले त्यस्तो कदम चालेको हो ।आफ्नो सम्बोधनमा सेना प्रमुख सिसीले राष्ट्रपति मोर्सी इजिप्टका नागरिकको माग पूरा गर्न असफल भएको भन्दै देशको बहुमतको आव्हान विरुद्ध सेना मुख र आँखा बन्द गरेर बस्न नसक्ने भएकाले हस्तक्षेप गर्नुपरेको बताउनुभयो ।सेनाले राष्ट्रपति मोर्सीसँगै उहाँको फ्रिडम एण्ड जस्टिस पार्टीका शीर्ष नेतालाई बन्दी बनाएको छ ।
सेना प्रमुखको सम्बोधन लगत्तै मुस्लिम ब्रदरहुडको स्वामित्वमा रहेको टेलिभिजन बन्द गराईएको र मिश्र ट्वान्टीफाइभ च्यानलका व्यवस्थापकलाई गिरफ्तार गरिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।सुरक्षा फौजले अल जजिराको इजिप्ट टेलिभिजन च्यालन मुबाशेर मिश्रमा छापा मार्नुका साथै थुप्रै कामदारलाई गिरफ्तार गरेको छ । राष्ट्रपति मोर्सीले सेनाको कदमलाई सैन्य कू भन्दै आलोचना गर्नुभएको छ ।मोर्सीको राजीनामा माग गर्दै आएका प्रदर्शनकारीहरुले खुशीयाली मनाएका छन् भने समर्थकले विरोधी र सेनाका सामू नझुक्ने बताएका छन् । सेनाले राजधानी कायरो नियन्त्रणमा लिएको छ ।
Post a Comment