news and more entertainment

करिश्मा सम्वन्धविच्छेदतिर

१० जेठ, एजेन्सी ।

बलिउड अभिनेत्री करिश्मा कपुर र उद्योगपति सञ्जय कपुरबीचको वैवाहिक सम्बन्ध अब विच्छेद हुने भएको छ । दुई वर्षदेखि अलग बस्दै आएका उनीहरु अब औपचारिक रुपमा सम्बन्धविच्छेद गर्न सहमत भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सम्बन्धविच्छेद गर्ने मनस्थितिमा पुगेकी करिश्मा यसको प्रक्रियाको लागि मुम्बईको बान्द्रास्थित अदालत पुगेकी छन् ।
दुई वर्षदेखि आफ्नी आमासँग बस्दै आएकी करिश्माको सम्बन्धविच्छेद हुने अनुमान भने गरिएको थिएन ।

एक सातााअघि सञ्जयले सन्तान प्राप्तीको लागि अदालतको ढोका ढकढक्याएपछि उनीहरुको सम्बन्धको चर्चा चुलिएको हो ।

करिश्माका नजिकका साथिका अनुसार उनले आफ्नो बालबच्चालाई पालनपोषण गर्ने अधिकार पति सञ्जयलाई नै दिएकी छिन् । सञ्जय र करिश्माको विवाह सन् २००३ मा भएको थियो ।

उनीहरुका नौ वर्षीया छोर र चार वर्षका छोरा छन् । सञ्जयको सम्बन्ध अहिले अर्का व्यापारी पूर्वपत्नीसँग रहेको चर्चा चलेको छ । आजको अन्नपूर्ण पोस्ट मा खबर छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget