news and more entertainment

हमालले भित्राए मधुलाई नवलपरासीको पुख्र्यौंली घरमा


जेठ ११ ,विहेको भोलिपल्टै अभिनेता राजेश हमाल पत्नीलाई लिएर नवलपरासी पुगेका छन् जहाँ उनले आफ्नो पुख्र्यौली घरमा मधुलाई विधिपूर्वक भित्राएका छन् ।
बुद्ध एयरको जहाजबाट भरतपुर उडेका उनी सहयोगीका साथ नवलपरासी हानिएका हुन् । भरतपुर एयरपोर्टबाट नीजि सवारीमा उनी नवलपरासी गएका हुन् । पुख्र्यौंली घरमा भित्राउने योजनाअनुसार हमालले मधुलाई काठमाडौंको घरमा भित्राएका थिएनन् ।
विधिपूर्वक हमालले नवलपरासीको रजहरस्थित घरमा मधुलाई भित्राए । पहेंलो कुर्तामा मधु र क्याजुअल ड्रेसमा हमाल देखिएका थिए ।
चितवनका पत्रकारहरुसँग कुरा गर्दै हमालले आफ्नो जीवनको नयाँ अध्याय सुरु भएको बताए ।
जेठ १४ गते बिहे भोज आयोजना गरेर हमाल १५ गते अष्ट्रेलियातर्फ लाग्दैछन् । उनीहरु आजैकाठमाडौं फर्कने वुझिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget