news and more entertainment

शिवसेनाको नेतृत्वमा शाहरुख खानलाई भारत छाड्न अल्टिमेटम

एजेन्सी । भारतको राजधानीस्थित लालवाग चौरमा हजारौं शिवसेनाको जिल्ला प्रमुख सूर्यभानको नेतृत्वमा बलिउड अभिनेता शाहरुख खानको पुतला जलाइएको छ ।

शिवसेनाले शाहरुखविरुद्ध प्रदर्शन गर्दै देश छोड्न पनि अल्टिमेटम दिएको छ । शिवुसेना जिल्ला प्रमुखले फिल्म स्टार शाहरुखले लोकसभा चुनावभन्दा पहिले विवादित अभिव्यक्ति दिएको भन्दै तुरुन्त देश छोड्न भनेको हो ।

शाहरुखले चुनावअघि ‘मुसलमानहरु कोेही पनि नडराउनुस् नरेन्द्र मोदी बन्नेवाला छैन’ भनेर अभिव्यक्ति दिएको शिवसेनाको दावी छ ।



जिल्ला प्रमुखले अब मोदी प्रधानमनत्री बन्न लागेको स्थितिमा शाहरुख आफ्नो वयानमा अडिग रहनेको भने हिन्दुस्तान छाड्नुपर्ने बताएका छन् ।

उनले भने, ‘अब शाहरुख विस्तारा बोकेर, झोलीकुम्लो बोकेर गए हुन्छ । शाहरुखको कुरा सुनदा यस्तो लाग्छ कि उनको आतंकवादीसँग साँठगाँठ छ ।’

उनले शाहरुखले अझै यस्तै गरे कसरी तह लगाउने भन्ने कुरा शिवसेनालाई थाहा छ भन्दे भौतिक आक्रमणको समेत चेतावनी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget