नियमित व्यायाम गर्ने महिलाले स्वस्थ शरीरसँगै बढी यौन सन्तुष्टि पाउने एक
अध्ययनले देखाएको छ । नियमित जगिङ अथवा जिम गर्ने महिलामा यौन उत्तेजना
चाँडै आउँछ । साथै, त्यस्ता महिलाले चरमोत्कर्ष चाँडै हासिल गर्ने अध्ययनले
पत्ता लगाएको छ ।
अमेरिकी राज्य फ्लोरिडाको अटलान्टिक युनिभर्सिटीका प्राध्यापक टिना एम
पेनहोको टोलीले गरेको अध्ययनले यस्तो तथ्य फेला पारेको हो । उत्तेजना बढाउन
चाहने महिलाले आफ्नो शरीरलाई क्रियाशील बनाउनुपर्छ । व्यायामको क्रममा
महिलाको शरीरमा ग्रोथ तथा टेस्टोस्टोरन हार्मोन बढी पैदा हुने र यस्तो
हार्मोनले कामोत्तेजना जगाउने अनुसन्धानका क्रममा पत्ता लागेको उनले बताइन ।
अनुसन्धानका क्रममा केही महिलालाई २० मिनेटसम्म साइकलिङ गराइएको थियो ।
त्यसलगत्तै उनीहरुलाई पोर्न फिल्म देखाइयो । सामान्य अवस्थामा भन्दा
साइकलिङ गरेपछि पोर्न फिल्म हेर्दा महिलामा एक सय ६९ प्रतिशत बढी
कामोत्तेजना जागेको मापन गरिएको थियो ।
व्यायामका कारण तनावमुक्त हुने र यसले यौन क्रियाकलापमा लीन हुन महिलालाई
प्रेरित गर्ने तथ्य यसअघि पनि विभिन्न अध्ययनले पत्ता लगाइसकेको थियो ।
एजेन्सी
Post a Comment