(एजेन्सी)–
कुनै पनि सम्बन्ध राम्रो बनाउनका लागि त्यसको श्रेय धेरै कुराहरुलाई जाने
गर्दछ । अझ श्रीमान् श्रीमतीको सम्बन्ध राम्रो बनाउन धेरै कुराको ध्यान
पुराउनु जरुरी छ । तर कतिपय अवस्थामा यस्ता कुराहरु पनि हुन्छन् जसलाई
तपाईंले कहिले सोच्नु पनि भएको हुँदैन । सानो–ठूलो जे भएपनि यस्ता
कुराहरुले सम्बन्धमा निकै सकारात्मक असर पुराउने गर्दछ । भर्खरै गरिएको एक
अनुसन्धाका अनुसार यदि तपाईं राती आफ्नो पार्टनरसँग नाङ्गो शरिर लिएर
सुत्नुहुन्छ भने तपाईंको सम्बन्ध अझ राम्रो हुनेछ । विवाह गरिसकेपछि
यदि तपाईं हरेक रात यस्तो गर्नुहुन्छ भने तपाईंले अरु साधारण दिनहरुभन्दा
त्यो दिन विशेष महसुस गर्नुहुनेछ । राती लुगा लगाएर सुत्ने जोडिभन्दा नलगाई
सुत्ने जोडिहरु एक अर्काप्रति सन्तुष्ट र खुसी हुने गर्दछन् । १००४
व्यक्तिहरुमा गरिएको उक्त अनुसन्धानमा ५७ प्रतिशत जोडिहरु राती नाङ्गै
सुत्ने गर्दथे र उनीहरु आफ्नो जिन्दगीमा निकै खुसी भएको पाइयो । त्यस्तै ४८
प्रतिशत जोडिहरु राती सुरुवाल अथवा नाइट ड्रेस लगाएर सुत्ने गर्दथे । ३८
प्रतिशत मानिसहरु यस्ता पनि थिए जो हलुका कपडा लगाएर सुत्ने गर्दथे ।
ब्रिटेनका पोट्समाउथका ३३ वर्षीय म्याकेजीले आफू ६ वर्षदेखि श्रीमतीसँग
नाङ्गै सुत्ने र आफ्नो जीवनमा निकै खुसी भएको बताए । उनलाई यसरी सुत्दा
सजिलो पनि हुने बताए । उनी भन्छन् कि उनकी श्रीमतीपनि उनीसँग यस्तै
अवस्थामा सुत्ने गर्दछिन् र उनीहरु आफ्नो जीवनमा निकै खुसी भएको बताए ।
अमेरिकाको एक कटन कम्पनीका मालिक स्टिफन थायरले भने कि सम्बन्ध राम्रो
बनाउका लागि धेरै कुराहरुको सम्मिश्रण हुन जरुरी छ जसमध्ये यो पनि एक कारण
हुनसक्छ । यसका साथै तपाईंको बेडरुमले पनि मुख्य भूमिका खेलेको हुन्छ । यदि
बेड नरम छ भने मानिसहरु नाङ्गो भएर सुत्न रुचाउँछन् ।
Post a Comment