काभ्रेको कुशादेवी र भूमेडाँडा गाविसमा दुईवटा बलात्कारका घटना भएका छन् । ईलाका प्रहरी कार्यालय बनेपाले दुवै घटनाको अनुसन्धान शुरु गरेको कार्यालयका प्रहरी निरिक्षक अच्युत चापागाईले बताएका छन् ।
कुशादेवी गाविस ४ मा आफ्नै दाजुले ५ वर्षिया बहिनीलाई बलात्कार गरेका छन् । १६ वर्षिय दाजु कक्षा ९ मा अध्ययन गर्दै छन् भने बालिका भर्खर विद्यालय जान शुरु गरेकी थिइन् ।
ढिलो गरी अभिभावकले थाहा पाएपछि सोमबार प्रहरी चौकी कुशादेवीमा खवर गरे लगत्तै प्रहरीले दाजुलाई पक्राउ गरी नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको चापागाईले जानकारी दिए ।
त्यस्तै भुमेडाँडा गाविस वडा नम्वर १ बस्ने वर्ष ३५ कि एक महिलालाई कुशादेवी गाविस ९ का ४० बर्षिय श्याम तामाङले बलात्कार गरेका छन् ।
ती महिलालाई बाटोमा हिँडिरहेको बेला जर्बजस्ति गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।

- हाम्रो सन्देश
Post a Comment