फेसबुक, ट्विटर जस्तो सामाजिक सञ्जालमा झुटलाई समात्न एक आश्चर्यजक
डिटेक्टर बनाई रहेको छ । यो सिस्टमले अनलाइनमा पोष्ट गरिएको कुराहरु साँचो
हो या झुटो तत्काल विश्लेषण गर्न सक्छ । यति मात्र नभई जुन अकाण्टबाट पोष्ट
गरिएको छ , त्यसले गलत सूचना फैलाउनका लागि बनाइएको हो वा होइन त्यो पनि
पत्ता लगाउन सकिनेछ ।
सरकारीका साथै अन्य संघ संस्था र इमरजेन्सी सेवालाई प्रभावी जवाफी
कारबाहीलाई मद्दत गर्नु यसको उद्देश्य हो । सन् २०११ मा लण्डन हिंसाको
क्रममा सोशल मीडियाको प्रयोगमा आधारित शोधपछि यो प्रोजक्ट सुरु भएको छ ।
यस प्रोजेक्टको मुख्य शोधकर्ता र शेफील्ड विश्वविद्यालयसंग सम्बन्धित
डाक्टर क्यालिना बोनशेवाका अनुसार सन् २०११ को हिंसापछि यस्तो सुझाव आएको
थियो कि सोशल नेटवर्किङ्ग साइट्सलाई बन्द गर्नु पर्ने विचार आएको थियो ताकि
हिंसा पुनः हुन नसकोस् ।
यस श्रेणीमा समाचार केन्द्र, पत्रकार, विशेषज्ञ वा प्रत्यक्षदर्शी आदिको खाता समावेश हुनेछ, जसमा स्वतः पोस्ट जारी हुनेछ ।
सोशल नेटवर्कमा भएको कुराकानीको अध्ययन हुनेछ ताकि यसको सुरुवात कसरी भयो र
यस कुराको जाँच गरिनेछ कि सूचनाको पुष्टि हुन सक्छ या सक्दैन ।
यस प्रोजेक्टको नाम ग्रीसको मिथकीय चरित्र फीममा राखिएको छ , जो विभिन्न
हल्ला फैलाउनको लागि विख्यात थियो । यस प्रोजेक्ट तीन वर्षसम्म चल्नेछ ।
जसमा पाँच विश्वविद्यालय, शेफील्ड
वारविक लण्डनको किंग्स कलेज, जर्मनीको सारल्याण्ड र वियेनामा मोडल हिस्सा लिइरहेका छन् ।
Post a Comment