हरियो सागपात तथा फलफूल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने कुरा सबैलाई
थाहा छ । तर गि्रन टी, ऐसेलु तथा नरिवलको पानी समेत लाभदायक हुन्छ भन्ने
कुरा थाहा भएर पनि बेवास्ता गरिएको हुनसक्छ । उल्लेखित पदार्थहरु सरीरलाई
स्वस्थ राख्न र मोटोपना घटाउन उपयोगी हुने विभिन्न अध्ययनहरुले देखाएका छन्
।
काँचो नरिवल भित्र हुने पानीको नियमित सेवन स्वास्थ्यको लागि लाभदायी हुन्छ
। यसमा पानी संतृप्त चिल्लो पदार्थ सरीरले छिटै दोहन गर्दछ ।
ऐसेलुमा प्रसस्त फाइबर पाइन्छ । यो खानमा मीठो मात्र होइन स्वास्थ्यका लागि
लाभकारी पनि हुन्छ । यसले रगतमा चिनीको मात्रा सन्तुलित गराउने तथा भोक
घटाउने काम गर्छ ।
गि्रन टी सरीरमा बोसोको दोहन गराउन सहयोग गर्ने मुख्य खानेकुरा हो । यसले
तनाव कम गर्न तथा उच्च रक्तचाप र मधुमेहका रोगीलाई पनि फाइदा गर्छ ।
कागतीको नियमित सेवन मोटोपना घटाउनमा धेरै सहयोगी हुन्छ । यसले कलेजोको
विषाक्त पदार्थ निस्कासनका साथै सरीरलाई क्षारिय बनाउन मद्दत गर्छ । यसले
सरीरमा बोसोको दोहन प्रक्रियालाई तिब्र बनाउँछ ।
सरीरमा मोटोपन घटाउन अंगुरको सेवन पनि उपयोगी मानिन्छ । अंगुरमा प्रसस्त मात्रामा फाइबर पाइन्छ ।
गोलभेँडामा प्रसस्त मात्रामा भिटामिन सी, लाइकोपिन तत्व हुन्छ । यसमा हुने
कार्निटाइन तत्वले सरीरमा हुने फ्यानको दोहनलाई तिब्र बनाउँछ र मोटोपन
घटाउन सहयोग पूराउँछ ।
Post a Comment