news and more entertainment

हेलिकोप्टर दुर्घटनामा बाह्र सैनिकको मृत्यु

भियतनाममा सोमबार बिहान सैनिक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका १२ जना सैनिकको ज्यान गएको छ। सो दुर्घटनामा परी अन्य केही सैनिक घाइते भएका बताइएको छ। राजधानी हनोईमा नै सोमबार बिहानै सो हेलिकोप्टर दुर्घटनामा परेको हो।

रसियामा बनेको एमआई १७१ हेलिकोप्टर सैनिक तालिमका क्रममा सोमबार बिहान राजधानी हनोईमा दुर्घटनामा परेको सैनिक अधिकारीहरुले जनाएका छन्। सो हेलिकोप्टरबाट सैनिक अधिकारीहरुलाई प्यारासुटसम्बन्धी तालिम दिइएको थियो । तालिमकै क्रममा सो दुर्घटना परेको हो।

आफ्नो नाम बताउन नचाहने एकजना सैनिक अधिकारीले सो हेलिकोप्टरमा कम्तीमा पनि २१ जना सैनिक रहेका र दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको जानकारी दिए।

'हामीले दुर्घटनास्थलको भ्रमण गरिसकेका छौं र यसको कारणका बारेमा पनि अनुसन्धान सुरु गरिसकेका छौँ, उनले बताए। एकजना प्रत्यक्षदर्शीले सो हेलिकोप्टर भुइँमा खस्नुभन्दा अघि निकै नै अप्ठेरो गरी चलिरहेको बताए। त्यसपछि अकस्मात भुइँमा खस्यो र एक्कासि आगोलाग्यो–उनले भने ।

सुरुमा अनौठो आवाज आयो र माथि आकासमा हेर्दा हेलिकोप्टर निकै नै अप्ठेरोगरी चलेजस्तो देखिएको थियो। पछि हेर्दाहेर्दै सो हेलिकोप्टर भुइँमा खस्यो।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget