स्मार्टफोनको मूल्य कतिसम्म होला ? के १० लाखको मोबाइल फोन देख्नुभएको छ ?
छैन भने यो समाचारबाट कम्तिमा पनि तपाइँले यसबारेमा जानकारी अवश्य
पाउनुहुनेछ ।
हो, १० हजार ८ सय अमेरिकी डलर अर्थात् झण्डै १० लाख नेपाली रुपैयाँ मूल्य
पर्ने स्मार्टफोन समेत बजारमा छ । भर्चु सिग्नेचर टच नामको उक्त स्मार्टफोन
एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्छ । गरीबको अपरेटिङ सिस्टम भनेर एन्ड्रोइड
चिनिए पनि यो लखपतिवाला मोबाइल फोनमा समेत एन्ड्रोइडले बास गर्ने मौका
पाएको छ ।
बेलायतको भर्चु कम्पनीले बनाएको यो एन्ड्रोइड फोनमा विभिन्न फिचर्स तथा
सेवा छन् । नकोरिने खालको अर्थात् स्क्रयाच प्रुफ स्त्रिmन रहेको यो
मोबाइलको स्त्रिmन ४.७ इन्चको रहेको छ २.३ गिगाहर्जको क्वाड कोर प्रोसेसर, २
जिबीको र्याम तथा ६४ जिबीको इन्टरर्नल मेमोरी रहेको छ । यो फोनमा १३
मेगापिक्सेलको क्यामरा रहेकेा छ ।
रोचक पक्ष के छ भने यो फोनका धेरै पार्टस्हरु हस्तनिर्मित हुन् अझ एकै
व्यक्तिले बनाएका, त्यो बनाउने व्यक्तिको नाम सिमकार्ड राख्ने ठाउँनेरै
उल्लेख गरिएको छ । त्यसैले पनि होला मेसिनले बनाउने भन्दा यसको मूल्य चर्को
भएको । फोन सेटको ढाँचा पनि उस्तै सुन्दर छ, चिल्लो नभएर खश्रो छ तथा यसको
साइडमा टाइटानियमको लेपन छ ।
टाइटानियम मात्र होइन यो फोन प्रयोगकर्ताले गाइको छाला, छेपाराको छाला तथा
गोहीको छालायुक्त मोबाइल समेत प्राप्त गर्न सक्छन् जुन आफ्ना अन्य
परिधानसँग मिलोस् ।
यो फोनको माथिल्लो दायाँपट्टी बहुमुल्य पत्थर रुवीको एक बटन छ जसले फोन अन अफ गर्ने काम गर्छ ।

Post a Comment