news and more entertainment

आखिर तेरियालाई जि टिभीले किन ३ बर्ष प्रतिबन्ध लगाए ?

 २३  असार, काठमाडौँ ।

नेपालकी तेरिया मगरले भारतको एक टेलिभिजन कार्यक्रमको नृत्य उपाधि जितेर जति खुसी पाएकी छिन् पिडा पनि साथमा लिएर आएकी छिन् । त्यसो त कार्यक्रममो उपाधि दिने अन्तिम दिन समेत भारतीय जि टिभिले नेपाल भारतको प्रान्तको रुपमा लेखेको कमैले याद गरे ।
उपाधि सहित १० लाख भारतीय रुपैयाँ पाएकी तेरिया देशमा सम्मानित भइरहेकी छिन् । सम्मानकै बिच तेरियाले काठमाडौंमा आइतबार सम्मान पाउँदा नाच्न समेत पाइन् । यसको कारण थियो त्यहि भारतीय टिभि जि टिभि ।

युनिक कम्युनिकेसनले गरेको सम्मानमा तेरियाले जिउ त मर्काइन तर एक फन्को समेत लगाउन सकिनन् । कारण जि टिभिले उनलाई अनुमति नलिइ कतै ननाच्न करारनामा गराएर छाडेको खुलासा भएको छ ।

यसबारेमा जानकारी लिन खोज्दा तेरिया केही बोल्न चाहिनन् भने उनकी आमाले समेत मौन रहँदै यसबारे केही बताउन नसक्ने प्रतिक्रिया दिनुभयो ।

उपाधि दिएर प्रतिभा भएकालाई बर्षौं सम्म आफ्नो अधिनमा कैद गरेको भारतीय टिभीले नियम उल्लंघन गरेमा नियमानुसार कारवाही गर्ने भनेपनि के कारवाही भने तेरिया र उनको परिवार सदस्यले केही बताएनन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget