news and more entertainment

पुरुषलाई आफूतिर यसरी तान्‍नुस्

 आफूलाई मन परेको व्यक्तिको ध्यान आफूतिर आकर्षित गर्न अनुहारमात्र प्रयोग नगर्नु राम्रो हुन्छ। किनभने अनुहार नै सबै कुरा होइन। व्यक्तित्व अनुहारभन्दा महत्त्वपूर्ण कुरा हो। हुन त केही पुरुष रूपलाई मान्यता दिन्छन्। उनीहरू महिलाको व्यक्तित्व उसको अनुहार र शरीरसँग जोडिएको हुन्छ भन्‍ने ठान्छन्। कुनै पुरुषलाई आफ्नो मनमा सजाउन थाल्नुभएको छ र उसको तुलनामा आफू त्यति राम्री छैन भन्ने महसुस गर्नुहुन्छ भने यी उपाय अपनाएर उसलाई आफूतिर आकर्षित गर्न सक्नुहुन्छ :

आँखामा परिरहने

उनले धेरै समय बिताउने स्थानमा जान नहिच्किचाउनुस्। तपाईंले मन पराएको पुरुष कतै काम गर्छन् भने कुनै काम लिएर त्यहाँ जाने मौका मिलाउनुस्। यसबाट उसले तपाईंप्रति ध्यान दिन सुरु गर्छ। तर बिना काम गइरहनु हुँदैन। बिना काम नै जान थाल्नुभयो भने उसले तपाईंलाई राम्रो ठान्दैन र टाढा हुन खोज्छ।

ध्यान दिने

थोरैथोरै उसको प्रशंसा गर्नुस्। यसबाट उसले तपाईंको ऊप्रतिको रुचि थाहा पाउँछ। तर धेरै प्रशंसा बर्साउन भने हुँदैन। सो पुरुष तपाईंको अगाडिबाटै हिँडिरहेछ भने उसलाई ध्यान दिनुस्। कुरा गर्न सक्नुहुन्न भने आँखाबाट बोल्ने कोसिस गर्नुस् र मुस्कुराउनुहोस्।

आत्मविश्‍वास राख्‍ने

जसलाई मनैदेखि मन पराउनुभएको छ, ऊसँग कुरा गर्दा आत्तिनु सक्नुहुन्छ। तर धेरै आत्तिनु पनि राम्रो होइन। अनुहारबाहेक तपाईंको आत्मविश्‍वासले त्यस पुरुषलाई आकर्षित गर्छ।

जस्तो आफू त्यस्तै रहने

जस्तोसुकै अवस्थामा आफू जस्तो हुनुहुन्छ त्यस्तै रहनुस्। कुनै प्रतिष्ठित व्यक्ति र आफ्नो रुचिको बारेमा कुरा गर्दै हुनुहुन्छ भने निर्धक्कसँग बोल्नुस्। आफूसँग नभएको गुण देखाउने कोसिस नगर्नुस्। आफ्नो स्वभावजस्तो छ त्यस्तै रहे उसको ध्यान अवश्य पनि तपाईंतिरै तानिनेछ।

साथीजस्तो व्यवहार गर्ने

उसको वरिपरि रहेका व्यक्तिहरूसँग कुरा गर्नुस्। बोली सुनेपछि मात्र ऊ तपाईंबाट प्रभावित हुनेछ। जब ऊ तपाईंको वरिपरि हुन्छ सबैसँग राम्रो व्यवहार गर्नुस्। यसबाट उसले तपाईंको सुन्दर व्यक्तित्व देख्नेछ। तपाईंको सुन्दर व्यवहार देखेर उसले तपाईंसँग कुरा गर्न पनि सक्छ।

हाँस्ने

पुरुष सधैं खुसी रहने र रमाइलोसँग जीवन जिउने तरिका जानेका महिलासँग नजिक हुन चाहन्छन्। कुनै रमाइलो कुरामा तपाईंलाई हाँसिरहेको देख्यो भने अवश्य पनि ऊ आफैं कुरा गर्न खोज्नेछ।

पफ्र्युमको प्रयोग

कुनै पनि पुरुषलाई अनुहार नभई अन्य कुराबाट प्रभावित गर्न चाहनुहुन्छ भने वासनादार पफ्र्युम प्रयोग गर्नुस्। यसलाई उसलाई तपाईंतिर तान्नेछ। उसलाई पफ्र्युम मन पर्‍यो भने त्यो वासना आउनासाथ तपाईंलाई सम्झनेछ। कुनै पनि पुरुषको मनमा स्थान बनाउन यो एउटा राम्रो तरिका हो। -एजेन्सीको सहयोगमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget