news and more entertainment

गुन्डा नाइके अभिषेक र दावा जेल चलान

भाद्र ३१काठमाडौं । गुन्डागर्दीका दुई नाइकेलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

अपहरणको आरोपमा पक्राउ परेका अभिषेक गिरी र दावा लामालाई अदालतले जेल पठाएको हो । ललितपुर जिल्ला अदालतले आइतबार गिरीलाई पुर्पक्षकालागि थुनामा राख्न आदेश दिएको हो ।

लामालाई भने काठमाडौं जिल्ला अदालतले गत साता नै थुनामा राख्न आदेश दिएको थियो ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश नारायण सुवेदीले गत साउन १५ मा पक्राउ परेका गिरी र उनकी प्रेमिकासहित चारैजनालाई थुनामा पठाउने आदेश आइतबार दिएका हुन् ।

गिरीकी प्रेमिका शारदा सिलवाल भनिने कवितादेवी शाक्य तथा सहयोगि द्धय मिलन लिम्बु र राजु श्रेष्ठलाई अदालतले थुनामा पठाएको हो । आजको नयाँ पत्रिकामा समाचार छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget