news and more entertainment

यसरी मारेका थिए माओवादीले नन्दप्रसादका छोरा कृष्णलाई


काठमाडौं, ७ असोज । दस वर्षअघि मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाही माग गर्दागर्दै नन्दप्रसादले सोमबार अनशनरत अवस्थामै ज्यान गुमाए।
उनले अनशन सुरु गरेपछि हत्या प्रकरणमा मुछिएकालाई मुद्दा चलाउने काम भए पनि किनारा भने लागेको छैन।
कृष्णप्रसादलाई चितवनको बकुलहरचोकबाट अपहरण गर्नेमा तीन जना संलग्न रहेको र गोली हानी हत्या गर्ने रुद्र आचार्य भएको प्रहरीको पछिल्लो अनुसन्धानले खुलाएको छ। आचार्य हाल उत्तरी आयरल्यान्डमा रहेको प्रहरी दाबी छ।
अनुसन्धानअनुसार आचार्यसहित ऋषिराम लामिछाने र ‘अटल’ भनिने मदन पौडेल हत्यामा संलग्न थिए। यी तीनै जना माओवादी कार्यकर्ता हुन्। लामिछाने र पौडेलको द्वन्द्व क्रममा सुरक्षा कारबाहीमा मृत्यु भइसकेको प्रहरीले जनाएको समाचार आजको नागरिक दैनिकले छापेको छ।
यही निष्कर्षका आधारमा प्रहरीले आयरल्यान्डमा रहेका आचार्यलाई पक्राउ गर्न सहयोग माग्दै २०७० फागुन २१ गते ‘डिफ्युजनु नोटिस जारी गरेको थियो। यसको प्रत्युत्तरमा बेलायतस्थित इन्टरपोलको एनसिबीले अदालतको नोटिस मागेको थियो। यसअनुसार चितवन जिल्ला अदालतले पक्राउ आदेश जारी गरिसकेको छ। उक्त आदेश नेपालस्थित एनसिबीले बेलायत एनसिबीलाई पठाइसकेको स्रोतले बतायो।
२०५७ मा माओवादीमा लागेका चितवन, रत्ननगर नगरपालिका–८ का आचार्य माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि २०६६ मा श्रीमतीसँगै ‘डिपेन्डेन्ट’ भिसामा बेलायत गएको प्रहरीको भनाइ छ।
जिल्ला अदालत चितवनमा दर्ता भएको मुद्दामा आचार्यलाई समेत प्रतिवादी बनाइएको छ। आचार्यसहित पक्राउ नपरेका ८ जनाका हकमा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (१) अनुसार घटनामा संलग्न देखिएको अभियोगमा कानुनी प्रक्रिया जारी छ।
यसबीच नन्दप्रसाद र गंगामायाको अनशन तोडाउन पटकपटक प्रयास भए पनि उनीहरू मानेका थिएनन्। दाजु नुरप्रसादले अनशन तोडेबापत राज्यसँग ठूलो रकम माग गरेको पनि चर्चामा आएको थियो।
हत्याकाण्डको फेहरिस्त
यो हत्याकाण्ड माओवादी द्वन्द्व बेला २०६१ जेठ २४ मा भएको थियो। त्यस दिन १८ वर्षीय कृष्णप्रसाद एसएलसी परीक्षा दिएर हजुरबा–हजुरआमा भेट्न गोरखा, फुजेलबाट चितवन आएका थिए। राति ८ बजेतिर नम्बर खुल्न नसकेको एउटा मोटरसाइकल हुइकिँदै आएर उनको सामुन्ने रोकियो। मोटरसाइकलमा तीन जना सवार थिए। तिनले कृष्णप्रसादलाई आफ्नो कब्जामा लिए।
त्यसै रात चितवन नगरपालिका–८ को बकुलहरचोकमा गोली हानेर उनको हत्या गरियो।
दोस्रो दिन नै कृष्णप्रसादका बाबु नन्दप्रसादले ‘मोटरसाइकलमा आएका तीन जना अज्ञात व्यक्तिले हत्या गरेकोु भन्दै कर्तव्य ज्यानअन्तर्गत घटनामा संलग्नको
खोजतलास र कारबाही माग गर्दै जाहेरी दिए। उनले कसैको नाम किटान गरेनन्। प्रहरीले उनको यो जाहेरीका आधारमा अनुसन्धान अघि बढाएन।
अनुसन्धान प्रक्रिया
अनुसन्धान सुरुआत त्यसपछि मात्र भयो, जब कृष्णप्रसादका दाजु नुरप्रसादले १८ महिनापछि २०६२ मंसिर २६ गते ‘भाइको हत्यामा संलग्नु भन्दै ११ जनाविरुद्ध किटानी जाहेरी दिए। तीमध्ये नौ जना उनका आफन्त हुन्। प्रहरीले त्यही जाहेरीलाई अनुसन्धानको मुख्य आधार बनायो।
जाहेरीकर्ता नुरप्रसाद अंश विवादका कारण आफ्नो भाइ मारिएको दाबी गर्छन्। नन्दप्रसादका दुई भाइमध्ये कान्छाको नाम ठाकुर हो, माइलाको मृत्यु भइसकेको छ।
माइली आमाले माओवादी कार्यकर्ता लगाएर भाइको हत्या गराएको नुरप्रसादको तर्क छ। त्यही आधारमा उनले माइली काकी र फुपूलाई समेत आरोपित बनाएका छन्।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget