news and more entertainment

१० वर्षिय वालकद्वारा १५ वर्षिया किशोरी बलात्कार

प्रेम सुनार
गुल्मी, असोज ७ – पढ्दा ठट्टा जस्तो लाग्न सक्छ तर प्रहरीका अनुसार गुल्मीका एक १० वर्षिय वालकले १५ वर्षिया किशोरीलाई बलात्कार गरेका छन् ।
असोज–३ गते साँझ करिव ८ वजेको समयमा पौदीअमराईका १० वर्षिय वालक श्याम बि.क. (नाम परिवर्तन)ले वाग्लुङ्गको दगातुमडाँडाकी १५ वर्षिया सानु बि.क. नाम परिवर्तनलाई अरेवा र पारी राक्से जोड्ने पुल नजिकै खेतमा वलात्कार गरेको जि.प्र.का. गुल्मीका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक अम्विकाप्रसाद गुप्ताले बताए ।
‘उनले मात्र होइन उक्त दिन अर्का युवा र ती वालकले सानुलाई सामुहिक वलात्कार गरेको स्वयंले स्वीकार गरेका छन्,’ प्रहरी निरीक्षक गुप्ताले भने– ‘अर्का युवा पौदी अमराई–१ अरेवाका १७ वर्षीय खिमबहादुर वलामी हुन्, जसले पहिला बलात्कार गरी १० वर्षीय बालकलाई पठाएर ती किशोरीलाई वलात्कार गर्न लगाएका छन् ।’ ती दुईका अलवा पौदी अमराई–३ वाङ्गे गाउँका २४ वर्षिय कृष्ण गिरी सामुहिक वलत्कार घटनाका मुख्य योजनाकार रहेको गुप्ताले बताए ।
निजले पहिला वलामीलाई दोश्रोमा ति वालकलाई वलात्कार गर्ने पालो दिएर अन्तिममा आफुले पालो कुरेर बसिरहेको वेला दोश्रो पटक बलात्कारको पिडा सहन नसकेर सानु चिच्चाउँदै भागे पछि गिरीले भने वलात्कार गर्न नपाएको गुप्ताको भनाइछ ।
उनी भन्छन्– ‘निजले बलात्कार नगरे पनि मुख्य योजनाकार उनै भएकोले मतियारका रुपमा कारवाही प्रकृया अगाडी बढाइएका छ ।’
ति तीनै जनाले मदिरा सेवन गरी वलात्कार गरेर फरार भएको अवस्थामा उनीहरुलाई उक्त दिन राती दुई बजे प्रहरीले गाउँ घेरा हाली पक्राउ गरेको प्रहरी निरीक्षक गुप्ता बताउँछन् । अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका ति ‘मतियार’ र बलात्कार अभियोगीहरु मध्ये १० वर्षिय वालक भएकोले त्यही अनुसार अदालतले फैसाला गर्ने प्रहरी निरीक्षक गुप्ताले जानकारी दिए ।
ति किशोरी अहिले विरामी परेकी छन् । उनका बाबु वर्षौंअघि दोश्रो विवाह गरेर वेपत्ता भए पछि आमाले निमेक मजदुरी गरेर पाल्दै आएकी थिइन् ।
बलात्कृत किशोरीको उपचार र न्यायका लागि सदरमुकाम तम्घास आउने बाटो खर्च नभए पछि गाउँमा चन्दा उठाएर आएको स्थानीय अगुवा महिला गीता भुजेलले बताइन् ।
‘उनीहरुको आर्थिक अवस्था अत्यन्तै दयानिय छ ’ –भुजेलले भनिन्–‘ तम्घासमा आएर खानसमेत खर्च नभए पछि जिल्ला प्रहरी कार्यालयले होटलमा आफुले तिरी दिने गरी खाना खुवाएको छ ।’
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हिमालयकुमार श्रेष्ठले प्रहरी निरीक्षक गुप्तालाई भने–‘ उनीहरु वसुञ्जेल होटलमा खान खुवाउनुहोस् हामी तिरौंला भनेका छौं, उनिहरुको अवस्था दयानिय रहेछ । ’
आवत जावत र किशोरीको उपचारका लागि स्थानिय अगुवा महिला भुजेलले सवै संग सहयोगको अपिल गरेकी छन् । सहयोग गर्न चाहनु हुने महानुभावहरुले उनिहरुको मोवाईल नम्वर ९८४७७११३६९ मा सम्पर्क गरेर सहयोग गर्न सक्नु हुनेछ ।
ratopati भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget