बिहे अघिको सेक्सलाई प्राथमिकता दिन्नः मोडल नमिता
२०७१ भाद्र ३० गते
कलाकारिता क्षेत्रमा पछिल्लो समय छाडापन बढी देखिएको छ । अझ कतिपय भिडियो त परिवारमा बसेर हेर्न नसकिने खालका पनि आएका छन् । तर नेपाली मोडल नमिता खड्का भने परिवारसंग बसेर हेर्न मिल्ने र समाजले पचाउँने खालको मात्र अभिनय गर्ने बताउँछिन ।
तपाईले बुझे अनुसार नेपाली कलाकारिता क्षेत्र कस्तो छ ?
राम्रो लाग्छ, मन पर्छ । तर पहिलाको तुलनामा अलि खस्किएको जस्तो लाग्छ । त्यसलाई सुधार गर्न सकिन्छ ।
कहिलेदेखि लाग्नुभयो, कलाकारिता क्षेत्रमा ?
दुई वर्षजति भयो ।
के देखेर लाग्नुभयो ?
सानै देखिको ईच्छा ।
कसको प्रेरणाले अघि बढ्ने हौसाला मिल्यो ?
सानोमा मूभिहरु हेर्दा नै यस्तै गरु भन्ने ईच्छा जागेर आउथ्यो । त्यसैले नै केही गरौँ भनेर यो क्षेत्रमा आएको हुँ । अगाडि बढ्दै छु । पहिलेबाट नै मेरो एउटा सुपरस्टार बन्ने सपना थियो, कलेज पढ्दै गर्दा एउटा गीतमा अफर आयो । त्यसमा मोडलिङ गरेपछि धेरै बाटोहरु खुले र सपोर्टहरु पनि धेरै पाएँ ।
कस्तो खालको फिल्म बढी हेर्नुहुन्छ ?
सामाजिक सन्देशमूलक फिल्महरु बढी हेर्छु ।
महिला कलाकारलाई यो कला क्षेत्रमा अलि गाह्रो छ भन्छन् त्यही नै हो ?
आफूमा एउटा ट्यालेन्ट छ र अरुको बहकाउमा नआई जानेर बूझेर मात्र अगाडि बढ्ने हो भने केहि फरक पर्दैन । सहि गलत छुट्याएर अगाडि बढ्नुपर्छ । त्यस्तो भयो भने महिला कलाकार हुँदैमा गाह्रो मान्नुपर्दैन ।
गलत भन्नाले कस्तो ?
कसैको बहकाउमा लागेर हुँदैन । मानिसहरु सवै असल हुँदैनन् । त्यसैले बुझेर मात्र डिसिजन लिनुपर्छ भन्न खोजेको हुँ ।
फिल्मी क्षेत्रमा पछिल्लो समयमा देखिएको विकृतिहरुबारे तपाईको धारणा के छ ?
केही कलाकारले गर्दा पछिल्लो समय विकृति पनि देखिएका छन् । विकृतिहरु हटाउँन सवै लाग्नुपर्छ । राम्रो बनाउँन सकिन्छ ।
कलाक्षेत्रमा कथाले मागेजति भन्ने हुँदो रहेछ, तपाई कथाले कतिसम्म माग्यो भने दिन सक्नुहुन्छ ?
परिवार बसेर हेर्न सक्ने र समाजले पचाउन सक्ने दिन सक्छु ।
समाजले कतिसम्म पचाउँछ जस्तो लाग्छ ?
पछिल्लो युवा पुस्ताले अलि भल्गर नै रुचाउँछन । तर पुरानो पुस्तालाई पनि त हामीले ध्यान दिनुपर्यो । हाम्रो पनि घरपरिवार हुन्छन, उनीहरुसंग बसेर हेर्न सक्नुपर्यो । मैले अहिलेसम्म भल्गर सिन दिएको छैन । तर छोटा कपडामा भने आएको छुँ । नाङ्गिदैमा केहि हुने होईन । कथाले मागे अनुसार त जानुपर्छ तर कत्तिको भन्ने कुरामा भने आफै विचार गर्नुपर्छ ।
तपाईको कुनै भिडियोमा सेन्सर लागेको छ कि छैन ?
आजसम्म मैले त्यस्तो गरेको छैन र गर्दिन पनि । म मेरो फेमिलीसंग बसेर हेर्न सक्ने खालको मात्र अभिनय गर्छु । समाजमा बसिसकेपछि त्यही अनुसार जानु पर्छ । समय अनुसार चल्ने भनेर पच्दै नपच्ने अभिनय गर्न म सक्दिन ।
पर्दा भित्र पनि धेरै खेल हुन्छ भन्छन नि ?
मलाई त्यस्तो लाग्दैन । कलाकार बन्ने हो भने पहिला नै केहि नलेज लिएर आउनु पर्छ । कलाकारिताको बारेमा जानेर, बुझेर मात्र अगाडि बढ्नुपर्छ । कसैको लहैलहैमा लागेर कोहि जान्छ भने त्यो उसको नै कमजोरी हो । सहि र गलत थाहा पाएर मात्र अगाडि पाईला चाल्न जरुरी छ ।
कतिपय चर्चित नायिकाहरुको अश्लिल भिडियो पनि त आयो नि ?
त्यस बारेमा म केहि भन्न सक्दिन । उनीहरुको पर्सनल रिलेशनको कुरा होला । बाहिर आउनु ठिक होईन र भईसकेपछि त्यसमा दुवैको कमजारी देख्छु म । दुवैको इज्जतको कुरा आउँछ ।
सेक्सको विषयमा तपाईको धारणा के ?
यो केहीपनि होइन, र सवै थोक पनि हो । जहाँ पायो त्यही, जतिबेला मन लाग्यो त्यतिबेला हुने कुरा पनि होइन । लेडिजहरुका लागि अझ ठूलो कुरा हो जस्तो लाग्छ । म चाँही बिहे अघिको सेक्सलाई प्राथमिकता दिन्न ।
बिहेको बारेमा के सोच्नु भएको छ ?
गर्नुपर्छ । दुई चार वर्षपछि ।
जीवनसाथी हेरिसक्नुभयो कि बाँकी छ ?
हेर्नुपर्छ विस्तारै ।
तपाईले सेक्सको अनुभव लिनुभएको छ कि छैन ?
छैन ।
सेक्सबारेमा केही खुल्दुली हुँदैन ?
म फेमिलीसंग बस्छु । वहाँहरु अलि स्ट्रिक हुनुहुन्छ । बाहिर जाने घुम्ने पनि त्यती भएन । मलाई त्यस्तो केहि भएन, वास्ता नै भएन ।
त्यस्तो हो भने त अर्कै नजरले हेर्छन नि फेरि ?
इच्छा हुँदै नहुने त होइन, तर म कन्ट्रोल गर्छु । आगामी दिनहरुमा के हुन्छ म भन्न सक्दिन तर अहिले मलाई यो जरुरी छैन ।
अन्त्यमा केहि भन्न बाँकी छ भने ?
नयाँ आउने साथीहरु बुझेर मात्र यो क्षेत्रमा आउनुहोस । त्यसबाट मात्र राम्रो गर्न सकिन्छ ।
nepalpationline भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Post a Comment