३० भदौ, काठमाडौं ।
आफ्ना निक्कै निकट र सहयोगी उपाध्यक्ष पोष्ट बहादुर बोगटीको निधनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई निक्कै चोट पुगेको छ । पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रचण्ड बोगटीलाई लाल सलाम गर्दै भक्कानीए ।
उनको आँखाबाट आँशु बगेको प्रष्टै देखिन्थ्यो ।
बोगटी राजनीतिक जीवनकालमा युद्धकालीन समय देखि खुला राजनीतिमा पनि प्रचण्डका निक्कै निकट थिए । प्रचण्डका छोरा प्रकाश दाहालले बोगटीको छोरी प्रभा बोगटीसँग युद्धकालमै विवाह गरेका थिए । तर पछि उनीहरुबीच सम्बन्ध विच्छेद भयो ।
यो सम्बन्ध विच्छेद पछि पनि बोगटी र प्रचण्डबीच कुनै समस्या देखिएन । पार्टीका हरेक काममा प्रचण्डले बोगटीलाई जिम्मा दिने गर्थे । माओवादी भित्र बहुचर्चित पार्टी सुद्धीकरणको अभियानको जिम्मा पनि प्रचण्डले बोगटीलाई नै दिएका थिए ।
यद्यपी बोगटी नेतृत्वमा भएको नेताहरुको सम्पति छानविन प्रतिवेदन भने अहिले सम्म सार्वजनिक गरिएको छैन ।
आफ्ना निकट सहयोगी बोगटीको निधनले प्रचण्डलाई निक्कै चोट पुगेको छ । इमान्दार र मिलनसार नेता बोगटीको निधनमा उनका आँशुका अर्थहरु इतिहासले केलाउँदै जाने छ ।

Post a Comment