प्रहरी प्रधान कार्यालयले खरेल सहित अन्य ३७ जना एसएसपीको पनि सरुवा गरेको छ । खरेललाई चितवन सरुवा गरेपछि उनको ठाउँमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यरो उपप्रमुख रहेका उत्तम कुमरा कार्कीलाई सो ठाउँमा ल्याइएको छ । यसैगरी प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, अपराध अनुसन्धान महाशाखाबाट पुस्कर कार्कीलाई महानगरीय प्रहरी अपराध महाशाखा, काठमाडौँ सारिएको छ । यस्तै अन्चल प्रहरी कार्यालय गण्डकीमा रहेका केदारमान सिंह भण्डारीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यरो उपप्रमुखको रुपमा ल्याइएको छ जहाँ यसअघि उत्तम कुमार कार्की थिए । यस्तै प्रहरी प्रवक्ता गणेश केसीको ठाउँमा अन्चल प्रहरी कार्यालय नारायणीबाट सर्वेन्द्र खनाललाई ल्याइएको छ । खनाललाई नै अब प्रवक्ताको पनि जिम्मेवारी दिन सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।
यसैगरी पशुपति उपाध्याय जगेडापुलमा, विजयलाल कायस्थ विमास्थल सुरक्षा, माधव प्रसाद जोशी जगेडापुल, केशरी राज घिमिरे मनप्रआको प्रशासन शाखा, गोविन्द प्रसाद निरौला प्रप्रका अपराध नियन्त्रण तथा सामुदायिक सुरक्षा, मिङमार लामा अन्वेषण योजना, विजय कुमार भट्ट प्रप्रका अअ विद्यालय, मधु प्रसाद पुडासैनी निरीक्षण तथा सुपरिवेक्षण महाशाखा र रमेश प्रसाद फूयाल अञ्चल प्रहरी कार्यालय महाकाली सरुवा भएका छन् ।
यस्तै शिव लामिछाने प्रप्रका सुरक्षा महाशाख, लब विष्ट आप्र महाशाखा, भोग बहादुर थापा अंप्रका कर्णाली, यादवराज खनाल अदुअआ प्रहरी महाशाखा, मिलन बस्नेत पूक्षेप्रताके विराटनगर, उत्तम बहादुर सिंह राप्रप्रप्र महाराजगंज, छविलाल जोशी सवारी नियन्त्रण महाशाखा, राजेन्द्र श्रेष्ठ अप्रका भेरी, ज्ञान विक्रम शाह, अप्रका कोशी, लक्ष्मण न्यौपाने अप्रका सेती, रमेश कुमार पाण्डेय अप्रका राप्ती, गणेश केसी अप्रका लुम्बिनी, सुरेश कुमार केसी अप्रका जनकपुर, पुष्कलराज रेग्मी अप्रका मेची, सुभाषचन्द्र चौधरी अप्रका धौलागिरी, श्याम बहादुर खत्री मपक्षेप्रताके, नेपालगञ्ज, शरद चन्द सुपक्षेप्रताके दिपायल, मनोज न्यौपाने अप्रका नारायणी, बलराम शर्मा पौडेल अप्रका गण्डकी, पवन प्रसाद खरेल अप्रका सगरमाथा योगेश्वर रोमखामी मगर पक्षेप्रताके बुटवल सरुवा भएका छन् ।
Post a Comment