news and more entertainment

वोगटीको मृत्यु, कमरेड रामप्रसादको धम्की र नखाएको विष

भदौ २९ गते राती मेरो मोवाइलमा एक मिस कल आयो। एक मिनेटको अन्तरालमै रातको ८ वजेर आठ मिनेटमा फेरि सोहि नम्वरबाटै मेरो मोवाइलमा रिङ बज्यो। मोवाइल उठाउन के पाएको थिए ९८५१०२९८१३बाट बोल्ने एक व्यक्तिले मेरो कुरा पनि नसुनि गाली बर्साउन थाल्यो। शुरुमा त अवाक भए। किन यसरी गाली गर्न थालेको होला भनेर छक्क पनि परे। कुरा केहो भनेर प्रष्ट्याउन आग्रह गर्दा रामप्रसाद बताउने ति व्यक्तिले पत्रकारीताको सिद्धान्त र धर्म सिकाउन थाले। त्यतिसम्म पनि ठीकै हो। सोचे मानिस कोहि पनि पूर्ण हुन सक्दैन। अनि सिक्ने कुरा कहिल्यै सकिदैन। उनको कुरा सुनिरहे। तर फोनमा उनको आक्रोस मत्थर हुनुभन्दा अझ वढ्दै गयो। शुरुमा सानो स्वरमा थर्काउँदै गरेका उनको स्वर पनि ठूलो हुँदै गयो। मलाई सम्हालिन मौका समेत दिएनन। तर जव गुदी कुरा उनले ओकले म छक्क परे।
स्वर्गीय पोष्ट बहादुर बोगटी
स्वर्गीय पोष्ट बहादुर बोगटी
एमाओवादीका नेता पोष्ट बहादुर बोगटीको हृदयघात र मस्तिष्कघातका कारण अति नाजुक अवस्थामा नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्थ्यो। उहाँको स्वास्थ्य अवस्थालाई लिएर अनेक अड्कलवाजी विभिन्न सञ्चारमाध्यममा आएका थिए। कतिपयले चिकित्सकलाई उदृत गर्दै लेखेका थिए भने कतिपयले त्यतिकै पनि लेखेका थिए। विषयको गाम्भिर्यता र मानविय संवेदनशिलतालाई ख्याल नगरिएको अनुभव हामी सञ्चारकर्मीलाई पनि थियो। तर यस्तो संवेदनशील कुरालाई पनि वेवास्ता गर्दै कतिपयले समाचारको नाममा सञ्चारमाध्यममा वोगटीको स्वास्थ्य अवस्थालाई लिएर समाचारको स्वरुपको मिथ्या प्रचार पस्केपछि त्यसले आलोचना नै वेहोरेको थियो। म सम्वद्ध हाम्राकुरा डटकममा यस्तो समाचार आएको हुन्थ्यो भने म समेत आलोचनाको पात्र वन्नु पर्थ्यो। सम्पादकको हैसियतले मैले यसको जिम्मेवारी लिनुपर्थ्यो। सजायँको भागिदार हुनुपर्ने अवस्थामा त्यसका लागि पनि तयार हुनुपर्थ्यो।
भदौ २९ गते आइतवार घर आइपुग्ने वित्तिकै रामप्रसाद नाम बताउने व्यक्तिले फोन गर्दै धम्कीको भाषामा भने वोगटीको मृत्युको समाचार दिएर अनर्गल प्रचार गर्ने तपाइलाई मुद्धा हालौ की के गरौ। अस्पतालमा जिउँदै भएको मान्छेलाई मरेको भनेर लेख्ने तपाइको पत्रकारीता यहि हो उनले अनेक गालीका शब्दहरु पनि खर्चिए। हाम्राकुरा डटकमको कार्यालयबाट घर आउनुअघी इमेज एफएम ९७.९मा मेरो नियमित कार्यक्रम हाम्रो आवाजमा वोगटीको स्वास्थ्य लाभको कामना गरेर कार्यक्रम सञ्चालन गरेको थिए। स्रोताको आवाज समेटेको थिए। नेपालको वाम आन्दोलन र विशेषगरि एमाओवादीको शसस्त्र संघर्षको वेला पार्टीलाई उनले पुर्यााएको योगदानको वारेमा चर्चा गरेको थिए। सबै स्रोताले समेत वोगटीको स्वास्थ्य उपचारमा सरकारले कुनै कसर वाँकी राख्नु नहुने धारणा राखेका थिए। धेरै भन्दा धेरैको असल कामना हुँदा पनि स्वास्थ्यमा सुधार हुनसक्छ भन्ने लागेर नै वोगटीको वारेमा कार्यक्रम गरेको थिए। एमाओवादीका कार्यक्रममा भेट्दा वोगटीको शालिन र भद्र स्वभावले उनको वारेमा कार्यक्रम गर्न मलाई प्रेरित गरेको थियो।
फोन गर्ने रामप्रसाद नामका कमरेडले मलाई फोन गर्नुअघी मेरो वारेमा सबै सूचना संकलन गरेका रहेछन। प्रेस युनियनको महासचिवमा निर्वाचित भएको पनि उनलाई जानकारी रहेछ। महासचिव जस्तो जिम्मेवार व्यक्तिले यस्तो समाचार छाप्न सुहाउँछ भन्दै जंगिदै गर्दा मैले उनलाई सोधे वोगटीको दुस्प्रचारको मिथ्या कुरा तपाइले हाम्राकुरा डटकममानै पढ्नुभएको हो त भनेर सोधे। उनीसँग कुरा गर्दा गर्दै मैले हाम्राकुरा हेर्न भ्याइसकेको थिए। कार्यालयबाट ६वजे निस्केर घर आइपुगेको ८ वजे भित्रको २ घण्टामा केहि त्यस्तो समाचार आएको रहेछकी भनेर आफै पनि कन्फर्म हुन खोजे। समाचार कक्षका साथीहरुलाई पनि सोधे। तर त्यस्तो कुनै समाचार न हाम्राकुरामा थियो न कुनै हाल्ने मनसाय थियो। उनले प्रहरीकहाँ उजुरी गरेर अनलाइन बन्द गराउँछु समेत भन्दै गर्दा आफैले भने हेरेका रहेनछन्। उनलाई कसैले सुनाएको भरमा अरु केहि संस्थाबाट आएको विषयलाई हाम्राकुरा आएको बुझेर हो वा नियतबस हामी माथि खनिएको मसँग कुरा गर्दा गर्दै त्यतिखेरै पुष्टी भयो। जव सो कुरा मैले उनलाई राखे उनले झोक्किदै फोन राखे। लगत्तै उनले प्रहरीको सिआइवीमा फोन गरेर हाम्राकुरालाई कार्वाही गर्न उजुरी गरेछन।
तर रामप्रसाद नामका ति कमरेडले के बुझेनछन भने खाएको विष मात्र लाग्छ नखाएको विष लाग्दैन। रामप्रसाद वा रामप्रसाद जस्ता एमाओवादीका ठूलो कित्ताले कथित जनयुद्धका वेला विषयको गहिराइमा नपुगी गरेको निर्णयका कारण धेरैले ज्यान गुमाएका छन्। विस्थापित भएका छन्। अंगभंग भएका छन्। उनिहरुको निर्णयमा पुग्ने हतारोले धेरै अप्रिय कार्य भएका छन्। उनीहरुकै निर्णयमा पुग्ने हतारोले अस्पतालका विरामी, किरियापुत्रीसम्मले वाँच्न पाएका थिएनन। वोगटी त्यहि आन्दोलन हाँक्ने नेता भएपनि अहिले राष्ट्रका नेता भएका वेला उनको स्वास्थ्यका वारेमा हामीले त्यस्तो गैरजिम्मेवार प्रस्तुती सोच्न समेत नसक्ने बेलामा गरेको झुटा आरोप लगाएर धम्की दिने कार्यले कथित जनयुद्धको ह्याङओभर अझै रहेछ भन्ने प्रष्ट देखिन्छ। रामप्रसादहरु धन्न कार्वाही गर्न आफै आएनन प्रहरीलाई खबर गरेछन। कमरेड रामप्रसादहरुले के बुझ्न जरुरी छ भने खाएको बिष मात्र लाग्छ नआएको विष लाग्दैन।
रामप्रसादले फोनमा धम्क्याएको करिव साँढे ११ घण्टापछि वोगटी यस संसारबाट विदा हुनुभएको छ। वोगटीको मृत्युले नेपाली वाम आन्दोलनमा क्षती पुगेको छ। रामप्रसादहरुले वोगटीका नाममा जतिसुकै धम्क्याएपनि उनै कमरेड पोष्टबहादुर बोगटीप्रति हाम्राकुरा डटकम शब्दश्रद्धा व्यक्त गर्छ।
- See more at: http://www.hamrakura.com/167908.html#sthash.yuZIyb3M.tWE9prkU.dpuf भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget