news and more entertainment

इबोलाबाट १५ देशका २ करोड २० लाख मानिसहरुलाई खतरा

लण्डन– इबोला अफ्रिकी देशहरुमा आफ्नो जरा गाडेर बसेको छ । संयुक्त राष्ट्र संघले जारी गरेको आँकडा अनुसार यो रोगले अहिलेसम्म २,४०० मानिसहरुको ज्यान लिइसकेको छ । त्यहिँ, क्युबाले पश्चिमी अफ्रिकामा जारी गरेको यो स्वास्थ्य संकटका लागि सबैभन्दा ठूलो विदेशी चिकित्सकको टोली पठाउने बाचा गरेको छ ।
हावाबाट फैलिनेछ इबोला भाइरस !
पश्चिमी अफ्रिकामा पछिल्लो ६ महिनामा इबोलाको ४,३०० केस दर्ता भएको छ जुन सन् १९७६ पछिको सबैभन्दा ठूलो महामारीको रुपमा फैलिरहेको छ । यो भाइरससँग जोडिएका थुप्रै महत्वपूर्ण कुराहरुले विशेषज्ञलाई तनावमा पारेको छ । इबोलाको संक्रमण अब केहि दिनपछि हावामार्फत पनि फैलिने सम्भावना रहेको छ । अहिलेसम्म इबोला शारिकि सम्पर्कमा आउँदा र बान्ता र पसिनाका कारण फैलिरहेको छ । यदि यसको भाइरसमा परिवर्तन आएमा यसलाई हावाबाट फैलिने महामारीको रुपमा हेर्न सकिनेछ । यद्यपी अहिलेसम्म कुनै पनि वैज्ञानिकले यो पूर्वानुमानको विषयमा केहि पनि ठोस अनुसन्धान निकालेका छैनन् ।
१५ देशलाई खतरा
त्यहिँ, अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले एक नक्सा जारी गरेका छन् जसमा १५ देशका दुई करोड २० लाख मानिसहरुलाई इबोलाको खतरा भएको उल्लेख गरिएको छ । यो आँकडा इबोला संक्रमणको तीव्रता र पछिल्लो रेकर्डहरुको आधारमा निकालिएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार अक्टोबरको सुरुवातसम्म सिएरा लियोन, गिनी र नाइजेरियामा इबोलाको हजारौँ घटना आउने अनुमान गरिएको छ ।
तीव्र गतिमा फैलिरहेको छ इबोला
अक्फोर्डका विशेषज्ञका अनुसार, इबोला संक्रमण आशा गरिएभन्दा निकै तीव्र गतिमा फैलिरहेको छ ।
इबोला ग्रसित मानिसहरुको मृत्युको सम्भावना ९० प्रतिशतसम्म रहेको छ जबकि कुनै व्यक्तिहरुको उपचार सम्भव पनि भएको छ । वैज्ञानिकहरु भन्छन्, ‘हामीले चाँडोभन्दा चाँडो यसको रोकथामका लागि ठोस् कदम उठाउनु अत्यावश्यक भएको छ । यसका साथै, इबोलाबाट ग्रसित मानिसहरुलाई चाँडोभन्दा चाँडो हस्पिटलसम्म ल्याउने सुविधा, ती व्यक्तिहरुलाई बाहिरी सम्पर्कबाट टाढा राख्ने व्यवस्था र मानिसहरुलाई यस विषयमा आवश्यक सम्पूर्ण जानकारीको बारेमा जानकार बनाउन आवश्यक रहेको छ । ’ (एजेन्सी)
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget