news and more entertainment

रेखासँगको बिहेको संभावना भोली नै थाहा हुन्छ : सुदर्शन गौतम


मेरो डिभोर्स भैसक्यो, अहिले सिंगल छु
२०७१ असोज २ गते
२ वटा हात विना नै सगरमाथाको सफल आरोहण गरेपछि सुदर्शन गौतमको चर्चा खुबै भयो । उनले विभिन्न किर्तिमान राख्दै ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’मा नाम राखेका छन् । तर, वुधबार संचारकर्मीको बिचमा घेरिदा सुदर्शन ‘नर्मस’ बने । सगरमाथा चढ्दा सहज महशुश गरेका गौतमकोे क्यामेरा अगाडि पर्दा पसिना निस्कियो । तर, पनि उनी सहज बन्ने कोशिश गर्दै थिए ।

श्याम भन्दा रेखा नै निर्देशनमा उत्तम

चर्चित सिरियल र फिल्म निर्देशन गरिसकेका श्याम भट्टराई भन्दा सुदर्शनको नजरमा रेखा थापा सफल निर्देशक ठहरिइन् । कारण एउटै छ, रेखाले उनलाई हिम्मत दिएकी छिन् । सुदर्शनलाई श्यामले सुरुवातमै लामो संवाद दिएछन् । जसका कारण, सुदर्शन पहिलो दिन कुनै पनि दृश्य नदिने सोचाइमा थिए । तर, जब श्याम सिनेमाबाट बाहिर निस्किए, रेखाले निर्देशन सम्हालिन् । सुदर्शनलाई पनि खोजेजस्तै भयो ।
रेखाले उनलाई मायाले अभिनय सिकाइन्, सुदर्शनले पनि सिके । कहिले रेखाको काखमा बसे त कहिले रेखाको चुम्बनमा रमाएँ । सुदर्शनलाई रेखाले ‘क’ नजरबाट नजाने ‘ग’ बाट सिकाइन् । सुदर्शन संचारकर्मीसँग यस्ता कुरा भन्न पाउँदा खुशी देखिएका थिए ।

रेखा राम्रो साथी, म सिंगल छु

रेखा सुदर्शनलाई प्रेम गर्छिन् । सुदर्शन पनि रेखाविना एकछिनमै छटपटिन्छन् । तर, पनि सुदर्शनले यो सम्बन्धलाई बेष्ट फ्रेन्डको उपनाम दिए । पत्याउन गाह्रो लाग्छ, तर सुदर्शन मिडियामा प्रेमको चर्चा नहोस् भन्ने चाहन्छन् होला । रेखाका लागि सुदर्शनको प्रेम सिनेमा चलाउने फन्डा हुनसक्छ । छेउमै रेखा नभएकाले पनि सुदर्शन केही अतालिएका थिए । सायद, रेखाले उनको बोलीमा बोली मिसाइदिन सक्थिन् । तर, पनि सुदर्शनले कुरा खोलिरहे ।
उनका लागि ‘हिम्मतवाली’को प्रश्न विशेष थियो, तर संचारकर्मीले उनको व्यक्तिगत कुरा बढी कोट्याए । रेखासँगको बिहेको संभावनलाई सुदर्शनले नकारेनन् । उनले केही बर्षपछि थाहा हुने बताइरहदा आफू सिंगल भएको राज खोले । ‘डेढ बर्षअघि मेरो सम्बन्ध बिच्छेद भैसकेको छ ।
अहिले म सिंगल छु, सुदर्शनले निर्धक्क भनिदिए । सायद, रेखाकै लागि अमेरिकामा तेल व्यवसायमा अगाडि बढेका सुदर्शन अब थापा नायिकासँग बिहे हुनसक्छ भन्ने प्रमाण दिदै थिए । सुदर्शन आफ्नो अघिल्लो जीवनसँग डुल्न चाहन्नथे । यसैले भने-‘म उसको जीवनमा कुनै धक्का दिन चाहन्न । मन नमिलेपछि एकसाथ बस्नु पर्छ भन्ने पनि छैन ।’

गिनिज बुक ठूला कुरा होइन

सुदर्शनका लागि गिनिज बुकमा नाम लेखाउनु सामान्य भैसकेको छ । आफ्नो बारेमा गिनिज बुकलाई चाहिएमा आफै आउँने बताउँदै उनले अब आफू नजाने कुरा खोले । उनले आफूले नामै लेखाउनका लागि किताब र बायोडाटा बोकेर नहिड्ने समेत खुलाए ।

सिनेमा खेलेर के पाए ?

निक्कै राम्रो प्रश्न गर्नुभयो, सुदर्शनले सिनेमा खेलेर के पाउनु भयो भन्ने प्रश्नमा संचारकर्मीलाई फुर्काए । ‘हिम्मतवाली’ एउटा सकारात्मक सन्देश दिने चलचित्र हो, यो देशमा ५० लाख मानिस विभिन्न कारणले अपांगता भएका छन् । जसलाई यसले हिम्मत दिन्छ, सुदर्शनले राज खुलाए । ‘मैले आजसम्म जुन काम गरेको छु, यसले सकारात्मक सन्देश नै प्रवाहा गरेको छु । सिनेमा खेलेर मैले एउटा सन्देश दिन खोजेको छु’, गौतमले खुशी हुँदै भने ।

रेखा कस्ती यूवती ?

माया बसेपछि एकअर्काको बारेमा सकारात्मक कुरा गर्नु स्वभाविक नै हो । सुदर्शन रेखालाई हिम्मतवाली यूवती ठान्छन् । ‘सिनेमा नगरी प्रोत्साहन भन्दा पनि कुरा धेरै काट्ने र खुट्टा तान्ने क्षेत्र हो । तर, पनि रेखाले आफूलाई निक्कै बहादुरीका साथ अगाडि लगेकी छिन्, सुदर्शनले रेखाको प्रशंसामा फूलको बुट्टा भरे ।’ छेउमै रेखा भएको भए सायद मिठो मुस्कान दिन्थिन् होला, सुदर्शनले १ घन्टाको कुराकानीमा रेखाको यही कुराको अभाव महशुश गरे ।
प्रस्तुती : विजय आवाज
onlinekhabar भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget