news and more entertainment

गेष्ट हाउसमा पलङ्गको बक्सभित्र युवतीको शव फेला युवक हत्या गरी फरार

सुनसरी । सुनसरीको इटहरीस्थित अरुण गेष्ट हाउसमा गेष्टको रुपमा आएका एक युवकले सँगै आएकी युवतीको हत्या गरी फरार भएका छन् । बिहिबार बिहान गेष्टहाउस भित्रको कोठा नं ९ स्थित बक्स पलङ्ग भित्र कोचिएर राखिएको अवस्थामा युवतीको शव बरामद भएपछि सो युवतीको हत्या भएको प्रहरीले पुष्टी गरेको हो । भदौ २९ गते राती गेष्टहाउसमा आएका दुईमध्ये युवकले आफ्नो नाम बिनोद साही र ठेगाना भोजपुर लेखाएर कोठा बुक गराएको इटरी प्रहरीले जनाएको छ । युवक भोली पल्ट नै कोठा छोडी फरार भएको प्रहरीबाट बुझिएको छ । बिहीबार बिहान कोठा साफ गर्ने क्रममा गनाएपछि प्रहरीलाई खबर गर्दा युवतीको कोठा भित्र रहेको बक्स पलङ्ग भित्र कोचिएको अवस्थामा शव फेला परेको इटहरी प्रहरीका प्रहरी निरिक्षक कुन्दन देवले बताए । युवतीको मुखबाट रगत निस्किएको अवस्था रहेको र अनुहार पनि बिग्रिएको अवस्थामा रहेका कारण सोही युवकले हत्या गरेर फरार भएको हुन सक्ने प्रहरी निरिक्षक देवले बताए । सो युवतीको शवलाई थप अनुसन्धानका लागि बिहीबार बिहान पोष्टमार्टमका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।-रातोपाटि बाट साभार/तस्बिर : गुगल  - भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget