news and more entertainment

राजदूत बनाउन प्रधानमन्त्रीलाई बाबा रामदेवको दवाव

काठमाडौ भदौ २८ – हालै नेपाल सरकारले छ देशका राजदूत नियुक्त गरेपनि मुख्य देश भारत, अमेरिका, बेलायत देशका लागि नियुक्त गर्न बाँकी नै छन् । बाँकी रहेका यी देशका लागि विभिन्न शक्तिकेन्द्रबाट नियुक्तिका लागि दवाव आइरहेका बेला भारतीय योग गुरु स्वामी रामदेवले पनि भारतका लागि राजदूत बनाउन प्रधानमन्त्रीलाई दवाव दिएका छन् । स्रोतका अनुसार पताञ्जली योगपिठ नेपालका अध्यक्ष शालिग्राम सिंहलाई भारतका लागि नेपाली राजदूत sushil-ram-devबनाउन स्वामी रामदेवले प्रधानमन्त्री सुशील कोइरालालाई दवाव दिएका छन् । मन्त्रीपरिषद्बाट मनोनित हुने २६ जना सभासद्मा सिंहलाई पार्न दवाव रामदेव मात्र होइन कि भारतीय दूतावासले पनि दिएका थिए । तर २६ जनामध्येमा नपरे पछि भारतमा नियुक्त गर्न बाँकी रहेका राजदूतमा नै नियुक्त गर्न दवाव दिइरहेको प्रधानमन्त्री कोइराला निकट स्रोतले बताएका छन् । यद्यपि शालिग्राम सिंह भारतका लागि नेपाली राजदूत होस् भने चाहना भारतीय दुतावासको नरहेको पनि बताइएको छ । स्वामी रामदेवले प्रधानमन्त्री कोइरालालाई दवाव दिएपछि प्रधानमन्त्री कोइरालाले यसबारे पछि सल्लाह गर्ने जवाफ दिएर पठाएको स्रोतको दावी गरेका छ भने यता सिहले पनि विभिन्न व्यक्तिमार्फत प्रधानमन्त्री कोइराला र परराष्ट्र मन्त्री महेन्द्र पाण्डेमाथि दवाव बढाइरहेको बताइन्छ । उनले दुतावासका केही व्यक्तिमार्फत पनि सरकारमाथि दवाव दिन लगाइएको छ । अध्यक्ष सिहले रातोपाटीसँग कुरा गर्दै भने, बाबा रामदेवले के दवाव दिनुभएको छ वा छैन त्यो कुरा त मलाई थाह भएन तर भारतका लागि सक्षम राजदूत हुनुपर्ने पक्षमा म छु । भारतको सरकारसँग राम्रो सम्बन्ध भएको व्यक्ति नै भारतको राजदुत हुनपर्ने बताउँदै घुमाउरो पारमा आफू त्यसका लागि उपयुक्त भएको बताए । ‘रामदेव र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राम्रो सम्बन्ध रहेको छ । चुनावमा जिताउनु पनि वहाँले अहम भूमिका खेल्नुभएको थियो । चार वर्षमा एकपटक भारतीय प्रधानमन्त्रीलाई भेट्न पाउने नेपाली राजदूत त्यहाँ चाहिँदैन । मोदीसँग सिधै सम्पर्क गर्न सक्ने, भेट्न सक्ने व्यक्ति त्यहाँका लागि राजदूत चाहिएको छ,’ उनले भने । भारतमा तीन वर्षदेखि राजदूत खाली छ । f भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget