मुम्बई । यौन धन्दा चलाएको आरोपमा लगातार दुई नायिका पक्राउ परेपछि भारतीय चलचित्र उद्योग बलिउडमा यतिबेला हंगामा मच्चिएको छ ।
यही विषयलाई लिएर विभिन्न टिकाटिप्पणी चलिरहेका बेला बलिउड स्टार दीपिका पादुकोण भने त्यसको समर्थनमा उत्रिएकी छन् ।
एक धनाड्य व्यक्तिसँग यौन सम्बन्ध राख्दै गर्दा पक्राउ परेकी नायिका स्वेता बसुको काम आपत्तिजनक नभएको र यसलाई स्क्याण्डल बनाएर गलत आरोप लगाउन नहुने समेत उनले बताएकी छन् ।
परिवारको सहयोगका लागि उनीसँग पैसा नभएको भए यौन क्रियाकलाप बाध्यात्मक भएको भन्दै उनले यसलाई पनि गलत मान्न नहुने उनको तर्क छ । स्वेतालाई प्रयोग गर्नेहरुले पनि यसबेला सहयोग गर्नुपर्ने उनको भनाई छ ।
करिब एक साताअघि यौन धन्दा चलाएको आरोपमा प्रहरीले अभिनेत्री स्वेता बसुलाई पक्राउ गरेको थियो ।
भिडियो तल छ
Post a Comment