news and more entertainment

श्रीमतीबाट पीडित भएपछि स्कुलका प्रिन्सिपलले अदालतमा मुद्दा हाले

७ असोज, बिराटनगर ।
घरेलु हिंसामा परेको भन्दै महिलाले श्रीमानविरुद्ध अदालतमा मुद्दा दर्ता गराएका घटना त प्रसस्तै छन् । तर, पुरुषले पनि आफूमाथि हिंसा गरेको भन्दै श्रीमतीविरुद्ध मुद्दा दर्ता गरेका छन् ।

विराटनगर उपमहा– नगरपालिका– १९ का ५४ वर्षीय खेम लोहनीले आफू श्रीमती र छोराछोरीको घरेलु हिंसामा परेको भन्दै मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् । उनले १२ साउनमा घरेलु हिंसाको मुद्दा दर्ता गरेका हुन् ।

लोहनीले मोरङ जिल्ला अदालतमा दर्ता गरेको मुद्दामा प्रतिवादी लोहनीकी श्रीमती ४५ वर्षीया सुधा र २८ र २६ वर्षका छोराहरू क्रमश: विराज र विप्रव छन् । उनले २३ वर्षीया छोरी अदैतालाई पनि विपक्षी बनाएका छन् ।

श्रीमती सुधाले आफूलाई खान–लाउन नदिएको, घरमा बस्न नदिएको, हेलाहोचो गरेको आरोप लोहनीले लगाएका छन् । छोराछोरीले पनि आमासँग मिलेर आफूलाई हेला गरेको र मानसिक यातना दिएको आरोप उनको छ । अदालतले उनलाई बकपत्रका लागि ४ मंसिरको पेसी दिएको छ । श्रीमती सुधा र छोराछोरीले पनि खेमविरुद्ध मोरङ अदालतमा अंशबन्डाको मुद्दा दर्ता गराएको खबर आजको नयाँ पत्रिका दैनिक ले छापेको छ ।

मोरङको थलाहा गाविसस्थित नयाँबजार माइती भएकी सुधासँग खेमले ३२ वर्षअघि प्रेमविवाह गरेका थिए । विराटनगर– १९ बर्माटोलमा सनराइज नामको बोर्डिङ स्कुल चलाउँदै आएका खेम हाल श्रीमती र छोराछोरीबाट अलग बस्दै आएका छन् । बर्माटोलमा लोहनीको एक कठ्ठा जग्गा र एउटा चारकोठे एकतले घर छ । श्रीमती र छोराछोरी भने सोही घरमा बस्छन् ।


आफूले श्रीमती सुधालाई हदैसम्मको सुख दिएको र छोराछोरीलाई पनि लाखौं खर्चेर उच्च शिक्षा अध्ययन गराएको लोहनीले बताएका छन् । तर, आफूले छोराछोरीबाटै हेला सहनुपरेपछि घरमा बस्ने वातावरण नभएको लोहनीको भनाइ छ ।
भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget