news and more entertainment

कतारमा वन्धक बनाइएका अधिकारकर्मीहरु रिहा

२४ भदौ, काठमाडौं ।

कतारी अधिकारीद्वारा बन्धक बनाइएका नेपाली मूलका दुई वेलायती मानव अधिकारकर्मीहरु मुक्त भएका छन् ।

कतारमा रहेका नेपाली मजदुरबारे बृत्तचित्र बनाउन गएका उनीहरु एक साता अघि बेपत्ता पारिएका थिए ।

नर्वेजियन च्यारिटी संस्था द ग्लोवल नेटवर्क फर राइटस् एण्ड डेभलपमेण्ट जीएनआरडी मा कार्यरत कृष्ण उपाध्याय र गुणदेव घिमिरे बेपत्ता पारिएका थिए ।

उनीहरु सन् २०२२ को फिफा वल्र्ड कपका लागि काम गरिरहेका नेपाली कामदारहरुको बसोबासको व्यवस्थालगायत विषा वृत्तचित्र बनाउन कतार पुगेका थिए । आइतबार कतारको विदेश मन्त्रालयले उनीहरु आफ्नो नियन्त्रणमा रहेको पुष्टि गरेको थियो ।

उनीहरुलाई कतारको नियम उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिएको विज्ञप्तीमा भनिएको थियो । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget