काठमाडौं, २९ भदौ । एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको उपचार भइरहेको नर्भिक इन्टरनेशल अस्पतालको उच्च स्रोतले चिकित्साशास्त्रको परिभाषामा उनको मृत्यु (क्लिनिकल्ली डेथ)भइसकेको जानकारी दिएको छ । नर्भिक अस्पतालद्वारा जारी विज्ञप्तिमा पनि यस कुराको संकेत दिइएको छ । विज्ञप्तिमा उनको अवस्था ‘अत्यन्तै नाजुक’ बताउँदै उनलाई ‘परम्परागत तथा जीवनदायी’ उपचार मात्रै दिन सकिने उल्लेख छ ।
नर्भिक स्रोतका अनुसार अस्पतालमैं बसिरहेको एमाओवादी अध्यक्ष प्रचण्डसहितका नेताको बैठकले पनि यही विषयमा छलफल गरिरहेको छ । अस्पतालमा काठमाडौंमा उपलब्ध धेरै मुटुरोग विशेषज्ञहरूसँग पनि यसबारे परामर्श भइरहेको स्रोतको भनाई छ ।
हृदयघात र मष्तिष्घातपछि बोगटीलाई तीन दिनअधि नर्भिकमा भर्ना गरिएको थियो । अस्पताल स्रोतका अनुसार बोगटीको क्लिनिकल्ली डेथ भइसके पनि औपचारिक घोषणा गर्न बाँकी छ ।
हृदयघात भएपछि बोगटीलाई बिहीबार बेलुका बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको थियो । शुक्रबार उनलाई थप उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा सारिएको थियो ।
भिडियो तल छ
Post a Comment