३० भदौ, मलेसिया ।
मलेसियामा कारको ठक्करबाट नेपालीको मृत्यु भएको छ । उदयपुर जिल्ला रामपुर घर भएका बाल कुमार राईको हिजो अपरान्ह कारको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो ।मलेसियाको जोहोर बारु कुलाईजय भन्ने ठाउँमा रहेको युनाईटेड कोडाक कम्पनीमा कार्यरत ३३ बर्षीय राईको नेपालमा आमा, बुवा र भाइ रहेको सोहि कम्पनीमा कार्यरत नेपालीहरुले टपनेपालन्युजलाई जानकारी दिएका छन् ।
झण्डै दुई सय नेपाली कार्यरत सो कम्पनीमा ५ सय बढी कामदार रहेका छन् । मलेसियामा दुई बर्षदेखी कार्यरत राई विदाको दिन आइतबार कम्पनीमा साथीलाई भेटेर होस्टेल तर्फ फर्कंदै थिए ।
कारको ठक्करबाट झण्डै २० मिटर पर उछिट्टीएका राईको घटनास्थलमै मृत्यु भएको थियो ।
काठमाडौं सिनामंगलमा रहेको भनिएको सिद्ध बाबा मेनपावर मार्फत गएका राई कार्यरत कम्पनीले कर्मचारीहरुलाई तलब देखी सेवा सुविधामा समेत दुख दिने गरेको नेपालीहरुले बताए ।
सुरुको ६ महिना प्रशिक्षण अवधि भन्दै मलेसियाको ६ सय ५० रुपैयाँ मात्र दिने गरेको भन्दै त्यसपछि सम्झौता अनुसार ९ सय रुपैयाँ दिएपनि खान बस्न भनेकालाई समेत एउटा न एउटाको पैसा तिर्न बाध्य बनाएको गुनासो गरे ।
नेपाली कामदारको मृत्यु भएको खवर पाउँदा समेत दुई दिन सम्ममा नेपाली दुतावासबाट कोही बुझ्न नआएको भन्दै राई कार्यरत कम्पनीका नेपालीहरुले राईको शव अस्पतालमा राखिएको तर नेपाल पठाउने, क्षतिपूर्ती, कार चालकलाई कारवाही बारे बोल्ने कोही नभएको बताए । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Post a Comment